• काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा आफूहरुको संलग्नता नरहेको तर अनाहकमा पीडित भएको भन्दै बम दिदीबहिनीको परिवारले सोमबार पत्रकार सम्मेलन गरेका छन्। बम दिदीबहिनीसहित आमाले पत्रकारमाझ आफूहरू निरपराध भएर पनि दोषी जस्तो मानसिक र भौतिक पीडामा परेको गुनासो गरेका छन्।

    उनीहरूले मिडिया र मानवअधिकारवादी संघसंस्थाबाट आफूहरूमाथि अन्याय भएको दुखेसो पोखे। मानवअधिकार संगठनको प्रतिवेदनप्रति आपत्ति जनाउँदै उनीहरूले अनाहकमा परिवारकै चरित्रहत्या गर्ने काम संगठनले गरेको आरोप लगाए। त्यसविरूद्ध अदालत जाने उनीहरूले जानकारी दिएका छन्।

    पत्रकार र मानवअधिकारकर्मीले स्थलगत अध्ययन र अनुसन्धान नगरी एकपक्षीय ढंगले समाचार र प्रतिवेदनहरू सार्वजनिक गरेर अन्यायपूर्ण व्यवहार गरेको गुनासो राखे।

    निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्,‘निर्मला मेरी साथी हुन्, उनको मृत्यु भएकोमा म सबैभन्दा दुःखी छु, त्यसमाथि मिडियाले हामीलाई नै दोषी देखाएपछि हामी जस्तो पिडीत को हुन्छ?'

    प्रहरी अनुसन्धानले आफूहरुलाई दोषी सावित गरि नसकेको अवस्थामा सञ्चारमाध्यम र मानवअधिकारवादी संस्थाले दोषी ठहर गरेर चरित्रहत्या गरेको दुबै दिदीबहिनी र आमाको एक स्वर थियो।

    बमले भनिन्-‘नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरि र हामीलाई त्यस हत्याको मतियार भन्दै एक वचन पनि नसोधेर प्रतिवेदन सार्वजनिक गरियो।' उनले थपिन्,‘न हामीलाई भेटे गरे, न हाम्रा छिमेकीहरुलाई नै सोधे, यसलाई कसरी प्रमाणित गर्छन्?’

    रोशनीले भनिन्,‘उनीहरुको प्रतिवेदन सार्वजनिक भएपछि हामी बहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन बिताउन वाध्य भएका छौं।'

    कार्यक्रममा बोल्दै उनीहरुले त्यो प्रतिवेदन नसच्चिए अदालत जाने चेतावनी दिए।

    साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो।

    निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लागेका छैनन्। यो प्रकरणले सडकदेखि सदनसम्म सरकार आलोचित बनिरहेको छ।

    भिडियोमा हेर्नुस् पत्रकार सम्मेलनमा बम दिदीबहिनी र आमाले के भने?

     

    https://www.youtube.com/watch?v=T5BYMz47tGk

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…