• बाहुनडाँगी । बस्तिपुर जेसीज हाँडीखोलाको नयाँ कार्य समितिको पदभार ग्रहण र पुरस्कार वितरण कार्यक्रम भएको छ । कार्यक्रममा पदभार गर्दै जेसीआई बस्तिपुरको सन् २०१९ अध्यक्षमा सुनिल अधिकारी पदस्थापित भएका छन् । शनिबार हेटौंडामा पदस्थापना तथा पुरस्कार वितरण समारोहका बीच अधिकारी आगामी एक वर्षे कार्यकालका लागि अध्यक्ष पदमा पदस्थापित भएका हुन् ।

    उनलाई वर्ष २०१८ का अध्यक्ष राममणि वर्तौलाले आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए ।
    पद ग्रहण गरेपछि बोल्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले निर्वाचनको समयमा आफूले गरेको सम्पूर्ण प्रतिवद्धताहरु पूरा गर्ने, वस्तिपुर जेसीजलाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए ।

    कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा हेटौडा १ का वडा अध्यक्ष सविन न्यौपाने, वडा ६ का अध्यक्ष अर्जुन चौलागाई, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, शिक्षासेवी पुरनबहादुर जोशी, हेटौंडा जेसीजका अध्यक्ष सन्देश डिसी, बस्तीपुर जेसिसका संस्थापक अध्यक्ष गणेश भेटुवाल, पूर्वअध्यक्षहरु, मातृशाखाका पूर्वअध्यक्ष, विभिन्न जिल्लाबाट सहभागी भएका जेसिसका अध्यक्षहरुलगायतको सहभागी रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…