• इटहरी । ट्रिपरको ठक्करबाट मृत्यु भएकी ११ बर्षिय बालिका लक्ष्मी ढकालको परिवार र सुन्दरहरैचा नगरपालिका बिच ७ बुदे सहमती पछि साँझ शव उठेको छ ।

    बालिकाको मृत्यु पछि आक्रोशित स्थानियले १० वटा ट्रिपरमाथि आगजनी गरेपछि सोमबार दिनभर बिराटचौक तानवग्रस्त बनेको थियो । साँझ सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकालको पहलमा पिडित परिवारसँग सर्वपक्षिय भेलाबाट बिराटचौकमा ट्रिपर संञ्चालनमा निषेध गर्ने र मृतक परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउने सहमति भएपछि बालिकाको शव उठेको हो ।

    घटनास्थलमै शव राखेर स्थानियले प्रदर्शन गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेपनि हजारौको संख्यामा रहेका स्थानियको अगाडी प्रशासन निरिह बनेको थियो ।

    साँझ बसेको सर्वपक्षिय भेलाले बिराटचौक–बिराटनगर सडक खण्डमा ट्रिपर पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । यस्तै क्षतिपुर्ती उपलब्ध गराउन प्रशासनसँग समन्वय गर्ने सहमति गरिएको छ ।

    https://www.youtube.com/watch?v=E5ZdAOEZ1BA&t=7s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…