• बाहुनडाँगी । नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले विकासको मुल आधार अनुशासन र संस्कार भएको बताउनु भएको छ ।
    वालिङ जेसीजको १४ औँ पदहस्तान्तरण समारोहलाई उद्घाटन गर्दै निवर्तमान अध्यक्ष बस्यालले समाज रुपान्तरणका लागि लगानी मात्र होइन संस्कार पनि आवश्यको भएको बताउँदै संस्कार र लगानी एकै सिक्काका दुई पाटा भएको बताउनु भयो ।
    देशको समृद्धिका लागि लगानी, अनुशासन र संस्कार अपरिहार्य रहेको उहाँले बताउनु भयो । ‘राज्यले लगानी गर्ने वातावरण बनाउनु प¥यो’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बस्यालले भन्नु भयो–‘लगानीकर्ता अनुशासित र संस्कारिक हुन प¥यो । जेसीज सक्षम र अनुशासित युवाहरुको साझा चौतारी भएकाले समाज निर्माण र रुपान्तराणमा महत्वपूर्ण भूमिका रहेको छ ।’ सामाजिक र राजनीतिक संघ संगठन र पार्टीमा गुटबन्दी बढ्दै गएकाले त्यसखाले प्रवृतिलाई अन्थ्य गर्नु पर्ने कुरामा जोड दिनु भयो । अध्यक्ष बस्यालले वर्ष २०१९ को कार्यसमितिलाई समर्पणको वर्षका रुपमा लिन आग्रह गर्नु भयो ।
    पद हस्तान्तरण समारोहमा वर्ष २०१८ का अध्यक्ष लक्ष्मण अधिकारीले वर्ष २०१९ का अध्यक्ष राजु तिवारीलाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो । साथै विदाइ मन्तव्य राख्दै निवर्तमान अध्यक्ष बन्दै गर्नु भएका अध्यक्ष अधिकारीले वर्षभरी आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबै सामाजिक संघसंस्था विभिन्न व्यक्ति, वालिङ नगरपालिका, वर्ष २०१८ का बोर्डका पदाधिकारीहरु, आफ्नो परिवार तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्नु भयो । साथै कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…