• काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित हासिल गरेको छ । युएईविरुद्ध तेस्रो खेलमा नेपालले २५५ रनको लक्ष्य ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको छ ।

    युएईविरुद्ध जारी तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरे । कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन् । शतक बनाउने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन् । सोमपालले गत वर्ष नेदरल्याण्डसँगको एकदिवसीय सिरिजमा ६१ रनको इनिङ खेलेका थिए ।

    पारसले सन् २०१२ को एसिसी ट्रफी प्रतियोगितामा कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । त्यसपछि सन् २०१६ को नेपालमै भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नामिबियाबिरुद्ध शतक प्रहर गरेका पारसले गत वर्ष युएईविरुद्ध नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा शतक बनाएका थिए ।

    नेपालको जितमा उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाए । अन्तिममा सोमपालसँग साझेदारी गरेका आरिफ शेखले अविजित रहँदै २१ रनको योगदान दिए । पहिलो पटक एक दिवसीयमा प्रवेश गरेका सन्दिप जोराले १९ रन बनाए भने रोहित पौडेलले १६ रन जोडे । ओपनिङमा मैदान आएका विनोद भण्डारी ९ रनमा पेभिलियन फर्किए भने दिपेन्द्र सिंह ऐरि पनि ६ रनमा आउट भए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…