• भोजपुर । चर्चित महिला धावक मिरा राईको जन्मथलो भोजपुर पौवादुम्मामा मिरा राई कम्युनिटि सभाहल बन्ने भएको छ । प्रदेश नम्बर १ का सरकार शेरधन राई, स्थानीय तथा देशविदेशमा रहनुहुने नेपालीहरुको सहयोगमा सो हल बन्ने भएको हो । करिव ६५ लाख लागतमा निर्माणमा बन्ने सो हलको लागि काम सुरु भईसकेको निर्माण समितिका संयोजक नुतन राईले जानकारी दिनुभयो ।

    संयोजक राईको अनुसार हाल निर्माणको काम सुरु भईसकेको छ । देशकै नाम राख्न सफल मिराको योगदानको कदर गर्दै भोजपुर आउने आगन्तुक खेल गतिविधी जानकारी गराउनका साथै कार्यक्रम गर्न सहजताको लागि सो हल निर्माण गर्न लागिएको हो । गाउँमा भब्य र स्तरीय कार्यक्रम गर्न सो हलबाट सहजता मिल्ने निर्माण समितिले विश्वास लिएको छ । निर्माण कार्यको लागि देशविदेशमा हुनुहने सहयोगी दातामा सहयोगको समेत आशा राखिएको निर्माण समितिले जनाएको छ । थप जानकारीको लागि संयोजक नुतन राईलाई ९८१७३७२७३७ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…