• दुहागढी १५ माघ । झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयको ५१ औं वार्षिक उत्सव मंगलवार सम्पन्न भएको छ ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आधा दर्जन व्यत्तिहरुलाई सम्मान गरीएको थियो । सम्मानित हुनेहरुमा उत्कृष्ट अभिभावकहरु वेनु डाँगी र विमला भेट्वाल, पूर्व विद्यार्थीहरु प्रेम कार्की र झईन्द्र कडरिया र वर्ष उत्कृष्ट शिक्षक हरि प्रसाद ढकाल रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालीकाका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि उप–प्रमुख मिना उप्रेती र रेडक्रस झापा शाखाका सभापति लोकराज ढकालले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्रवाट सम्मान गरेका थिए । कार्यक्रममा समाजसेवी राम कुमार कन्दंङ्वाले आफ्नी दिवंगत छोरी रञ्जना कन्दंङ्वाको स्मृतीमा स्थापना गरिएको रञ्जना स्मृती छात्रवृतिवाट जनही १ हजार ५ सय रुपैयाको दरले १३ जना छात्राहरुलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी विभिन्न दाताहरुवाट स्थापना भएको अक्षय कोषवाट जनहि २ हजार रुपैया दरको रघुनाथ स्मृति छात्रवृति, देवी प्रसाद नैनकला छात्रवृति, जय प्रसाद राधादेवी छात्रवृति र हिमादेवी छात्रवृतिवाट १७ जनालाई पुरस्किृत गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेल, शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेज प्रसाद चौलागाई, महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल, मेचीनगर शिक्षा साखाका प्रमुख उद्धव विष्ट, प्रमुख अतिथि आचार्य लगायतले मन्तव्य राखेका थिए । शिक्षक पदम प्रसाद मिश्रले संचालन गरेको कार्यक्रममा स्वागत वाल क्लवकी अध्यक्ष निशा भुजेलले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…