• मेचीनगर । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ को आयोजनामा जारी प्रथम बलभद्र कप अन्तरगत मंगलवार पनि पाँच वटा खेल सम्पन्न भएका छन् ।
    विद्यालयको खेल मैदानमा भएको मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तरगत पवित्र मावि, हिमालयन इङ्लिस एकाडेमी, पशुपति मावि, इष्ट होराइजन इङ्लिस स्कुल र ज्यामिरगढी मावि विजयी भएका छन् ।
    पवित्रा माविले बालकल्याण माविलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पवित्रका तर्फबाट आशिष राईले २ गोल गरे भने बालकल्याणका तर्फबाट रामबहादुर खत्रीले १ गोल गरे । खेलको म्यान अफ द म्याच पवित्रका आशिष राई भए ।
    दोस्रो खेलमा हिमालयनले थेसीस अंग्रेजी स्कुललाई टाइव्रेकरमा ४–३ गोल अन्तरले हराएको थियो । निर्धाति समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । खेलको म्यान अफ द म्याच थेसीजका गोलरक्षक युवराज अधिकारी भए ।
    तेस्रो खेलमा पशुपतिले बलभद्र जनता माविलाई १–० को गोल अन्तरले हराएको थियो । पशुपतिका विजय तामाङले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पशुपतिका उमेश बस्नेत भएका आयोजक समितिका नरेन्द्र मगरले बताए ।
    यसैगरी, ज्यामिरगढीले सरस्वती मावि बाहुनडाँगीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । ज्यामिरगढीका तर्फबाट अमिनास कटुवाल र राजेश राजवंशीले गोल गरेका थिए । सरस्वती माविका विशेष थापाले गोल गरेका थिए ।
    अन्तिम खेलमा नर्थ प्वाइन्ट खेलमा सहभागि नभएपछि वाकओभरको आधारमा इष्ट होराइजन विजय भएको थियो ।
    बुधवारको खेल काँकरभिट्टा मावि र कबिशिरोमणी मावि, हिमालयन इङ्लिस स्कुल र सनसाइन इङ्लिस स्कुल, मेची आधारभूत विद्यालय र नव ज्योति आधारभूत, कन्भेन्ट इङलिस स्कुल र एभ्रेष्ट भ्यू बोडिङ स्कुल तथा अरुणोदय आवसीय मावि र फाइव स्टार बोडिङ स्कुलबीच हुने आयोजक समितिका सदस्य रिता थापाले बताइन् ।
    प्रतियोगितामा मेचीनगरका २२ वटा सामुदायिक र १८ वटा निजी विद्यालयहरुको सहभागिता रहेको छ । यो प्रतियोगिता जिल्लाकै सबै भन्दा धेरै विद्यालय सहभागि गराएर आयोजना गरिएको खेल हो । प्रतियोगिताको फाइनल माघ २५ गते हुनेछ ।
























सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…