• न्यून दृष्टि भएर पनि अरु भन्दा कम छैनन्,उनी । आँखाको दृष्टि कमजोर भएर के भयो उनी समाजलाई चेतनाको प्रकाश छरिरहेका छन् । उनी हुन्, राजु पोखरेल । झण्डै १ दसक देखि सक्रिय पत्रकारीतामा रहेका पोखरेल राम्रो सँग आखा देख्न सक्दैनन । गाउँदेखि शहर सम्मका आम मान्छेका प्रिय बनेका छन्, राजु ।
    गौरादह नगरपालिकामा बुवा कृष्ण पोख्रेल र आमा दुर्गाका कान्छा छोरा उनी २०४६ साल चैत्र ९गते जन्मिएका हुन् । १५ वर्षको उमेरमा पुर्वाञ्चल दैनिकबाट आफ्नो पत्रकारिता शुरु गरेका राजुले मोफसल साप्ताहिक स्टार एफएम लगायतमा काम गरिसकेको अनुभव छ । बिषयबस्तुलाई खोज गरेर पस्कन सक्ने दख्खल राजुमा छ ।
    शारिरिक असहजताको बाबजुद पनि  पाठकहरुलाई समाचार रिपोर्टिङ गरेर पस्क्निे राजु झापाबाट प्रकाशित मेची टाईम्स दैनिकका सह सम्पादक र रेडियो नेपाली नेटवर्क का झापा समाचार दाता हुन् । राजु मानप्रतिष्ठा र समाजको गतिविधी बाहिर ल्याउन पत्रकारिता गरेको बताउछन् । जन्मजात आँखामा मोतियाबिन्दु भएर कमजोर भएका उनी समाचार खोज्ने र लेख्ने आफ्नो कर्ममा व्यस्त हुन्छन् ।

    बोलाएका अधिकांश कार्यक्रममा आफैँ उपस्थित भएर समाचार तयार गर्ने र सम्पादन गर्ने काम राजुले अनवरत रुपमा गर्दै आएका छन् । आँखाको कारण कतिपयले हेयको दृष्ट्रिकोणले हेर्ने गरेको तितो अनुभव गरेका राजु भन्छन, आँखा कमजोर भएर के भोत हातमा सिप छ नि । आफुले समाचार लेखेर नै बाँच्न सक्ने क्षमता बनाएको राजुको भनाई छ । पत्रकारिता क्षेत्रमा आउन राजुले निक्कै मेहेनत गरेका छन् । सुरुवाति दिनमा साइकल पेलेर घर घरमा पत्रिका पुर्याउने,बिना पारिश्रमिक समाचार पठाउँदा खाँजा खाने समेत पैसा नहुँदा भोकै घर पनि गए । कहिले पत्रिका बाढ्दा साईकल पम्चर हुन्थियो, पैसा नहँुदा घरमा पत्रिका ल्याइदिन्छु भनेर उनले खर्च निकाल्थे । पैसा पनि नहुने घर आउने समयको पनि टुङ्गो नहुने पत्रकारिता पेशाबाट घरपरिवार पनि सुरुको दिनमा दिक्कारी थिए, गाउँलेहरुले समेत भन्थे , राजु बिग्रीयो ।

    तर आजभोलि यहि पेशाबाट नाम कमाउदा स्यावासी पाउन थालेका छन,राजुले । अहिले गाउँघरमा सबैले भन्छन, राजु छ र त गाउँघरको समाचार आउँछ । राजु भन्छन् मैले ऐलेको ठाउसम्म आईपुग्न धेरै संघर्ष गरेको छु । कति समय भोकभोकै बिताएको छु आफू शारिरिक रुपमा पनि कमजोर रहेको र कसैको पनि साथ नपाउदा धेरै दुख लाग्थ्यो,उनी भन्छन् । तर जतिनै दुख भएपनि बाल्यकाल देखिनै मलाई मेरो साथी युबराज विवशले चाहिँ निरन्तर साथ दिएको छ । उसकै प्रेरणा ले आज म यहाँ छु,राजुले सुनाए ।
    उनले जीवनमा संघर्ष, पीडा, दुःख मात्र होइन मानसम्मान पनि पाएका छन् । हाल भिन्न खबर डटकम अनलाइन सन्चालन गर्दै आएका राजु यहि पेशालाई निरन्तर रुपमा अघि लिएर जाने बताउछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…