• उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले नगरको खेल क्षेत्रको विकासमा नगरपालिका लागि पर्ने बताएका छन् ।
    उर्लाबारी क्लबको आयोजनामा बुधबारदेखि सुरु भएको प्रथम फुटसल गोल्डकपको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर फागोले सबै खेललाई सम्मानजनक रुपमा अघि बढाउने बताएका हुन् ।

    उर्लाबारीलाई खेलको माध्यमबाट परिचित गराउन सकिने सम्भावना रहेको र त्यसमा नगरपालिका प्रतिबद्ध भएर लागि पर्ने उनको भनाई छ । कार्यक्रममा समाजसेबी जयधर्म आचार्यलगायतले बोलेका थिए । खेल संयोजक सरोज बस्नेतको सभापतित्व भएको उक्त कार्यक्रम सञ्चालन सुजित जसवालले गरेका थिए । सहिद दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । काठमाडौंसहित प्रदेश नं. १ भरीका टिमहरुको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा उर्लाबारी नगरपालिका, समाजसेबी सुन्दर श्रेष्ठ, कमल श्रेष्ठलगायतको सहयोग रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…