• मोरङ ।

    किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले १ नम्बर प्रदेशको नाम किरात राख्न अपिल गर्दै भूमि पहिचानको आधारमा नाम नराखिए गम्भीर निराशा पैदाहुने चेतावनी दिएको छ । किरात पहिचान कुनै जाति नभएर भूगोल, इतिहास र सभ्यता भएको विज्ञप्तिमा उल्लेख छ । मोर्चाका अध्यक्ष राजन किराती (बासु) र महासचिव अर्जुन किरातीले आज (बिहिबार) विज्ञप्ति जारी गरेर अपिल गरेका हुन् । पूर्व माओवादी केन्द्र(हाल नेकपा)सम्बद्ध मोर्चाद्वारा प्रकाशित विज्ञप्तिमा माघ तेस्रो साताबाट हुने प्रदेश सभाले नाम र प्रदेशको स्थायी राजधानी बारे टुङ्गो लगाउदै गर्दा सो आग्रह गरेको हो । ‘नेपालको पूर्वी भूभागको नाम राख्दा भूगोल, इतिहास र सभ्यताको आधारमा किरात राख्न प्रदेश संसद, सरकार तथा सभा सदस्यहरुलाई विज्ञप्ति मार्फत अपिल गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ‘प्रदेशको नामकरण गर्न र अन्य कार्यसम्पादनमा सहज होस भन्ने उदेश्यले २०७४ मंसिर ८ गते पनि विज्ञप्ति प्रकाशन गरी वाम गठबन्धनका उमेद्वारहरुलाई भोट हाल्न जनतालाई आग्रह गरेका थियौं ।’ मोर्चा जनयुद्ध कालमा वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनमा होमिएको थियो । शसस्त्र आन्दोलनमा हजारौ नेपाली जनताले बलिदान दिए ।

    यसै क्रममा किराती मोर्चाका केन्द्रीय सदस्य राजेन किराती(मण्डेला), कुलराज जिमी, अर्जुन राई, प्रेम कन्दङ्वा, जसोधा कन्दङ्वा, चेतकुमारी राई, तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कटक साम्पाङ राईले साहदत प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिलबहादुर राई, ताहचल क्याम्पस काठमाडौका स्ववियु सभापति भइसकेका नवीन राई लगायत कैयौ योद्धाहरु हालसम्म वेपत्ता भएको कुरा समेत उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै दुई तिहाई बहुमत रहेको बेला प्रदेशको नाम किरात राख्न नसके भयकंर निराशा र असहजता पैदाहुन सक्ने मोर्चाको विज्ञप्तिमा उल्लेख छ । तीनै तहमा कम्युनिष्ट पार्टी सरकार भएको बेला अल्पसंख्यक, उत्पीडित समुदाय र महिला अधिकारको कार्यान्वयहुन नसकेमा भविश्यमा प्रदेशमा निराशा पैदा हुन्छ । भूगोलको पहिचानको आधारमा किरात नाम राखिएन भने जनआक्रोस बढ्ने संभावना देखिन्छ ।

    मोर्चाले यस अघि प्रदेश सरकार प्रमुख शेरधन राई, सभामुख प्रदिप भण्डारी, प्रतिपक्ष नेपाली कांग्रेस पार्टीका केन्द्रीय नेताहरु केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा लगायतलाई भेटेर किरात प्रदेश बन्नु पर्ने आधारहरु सहितको पत्र बुझाएका थिए । किरात शब्द कुनै जातिगत नभएर कैलाश(पहाड), कैरातहुदै भूमिको नाम किरात हुन गएकोले नाम राख्न कन्जुस्याइ गर्न नहुने किराती मोर्चाको तर्क छ । बिहिबार काठमाडौंबाट प्रकाशित एउटा दैनिक पत्रिकामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्रदेशको नाम र राजधानी बारे सहमति भएको समाचार प्रकाशन भएको थियो । विज्ञप्ति मार्फत सो समाचारप्रति टिप्पनी गर्दै भनिएको छ ‘जनताको भावना विपरित र प्रदेश सभासदस्यहरुको भूमिकामा आंच आउने गरी सहमति भएको हो भने तुरुन्त खारेजीको माग गर्दछौ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…