• अर्जुन जम्नेली राई

    मोरङ । पथरीशनिश्चरे नगरपालिका मोरङ छिमेकी नगरहरुभन्दा असान्त रहदै आएको छ । कहिले नगरपालिकाका रहने केन्द्र स्थलबारे त कहिले योजना समापन भइसक्दा पनि रकम निकाशा नभएको बिषयले पथरीलाई अशान्त बनाउछ । मंगलबार विहान साढे ७ बजे नगर कार्यपालिकाको बैठक बोलाइएको थियो । बैठकमा ४ नम्बर वडाका अध्यक्ष गोविन्द भण्डारीले ठूलै होहल्ला गरे । अध्यक्ष भण्डारीले बैठक कक्षा मात्र अशान्त पारेन बाहिर निस्केर समेत उपप्रमुख यमुना विष्ट विरुद्ध नारा जुलुस गर्न भ्याए । बैठक स्थालबाट घरी घरी बाहिर निस्केर यमुना बिष्टले नगरपालिका चलाउन असहज बनाएको भन्दै हल्ला गरे ।

    वडा अध्यक्ष भण्डारीले आफू मात्र हल्ला भने गरेका होइनन् । हो मा हो थप्न वडाबाट सय जनाको हाराहारीमा स्थानीयबासी लिएर आएका थिए । बिषय हो ४ नम्बर वडाको सडक निर्माणको रकम भुक्तानिको । वडाको कोसेली चौक, जोगिटोल बाटो ड्रेन निर्माण तथा ह्युमपाइप लगाउन ४ लाखको योजना परेर काम सकेको महिना दिन बित्दा पनि रकम निकासा नभएको सो सडक निर्माण समितिका अध्यक्ष छत्रबहादुर खड्काले बताए । रकम निकासाको लागि सम्पूर्ण प्रकृया पुगिसक्दा पनि अनुगमनको पत्र उपप्रमुख यमुना विष्टले नदिदा रकम लामो समय कुर्नुपरेपछि नगर घेराउन गर्न बाध्य भएको खड्काको भनाइ थियो ।

    उपप्रमुख बिष्टले भने सोही वडाका अन्य सदस्यहरुले उजुरी परेपछि अनुगमनको पत्र नदिएको तर्क प्रस्तुत गरे । यद्यपि वडा अध्यक्ष गोविन्द भण्डारी भने वडा सदस्यहरुले उजुरी गरे तलै छलफलको लागि पठाउनु पर्नेमा उल्टै सदस्यहरुलाई उचालेर जनतालाई दुःख दिएको आरोप लगाए । नगर घेराउपछि बुधबार विहानै बाँकी रहेको बजेटको चेक प्राप्त भएको अध्यक्ष भण्डारीले बताए । लक्षित वर्गको लागि छुटिएको बजेटबाट पथरीबहुमुखी क्याम्पसका ११ छात्रालाई साइकल किनेर केही दिन अघि वितरण भएको थियो । जसमध्ये वडा नम्बर ४ कै पवना बस्नेतले पनि साइकल पाइन । बस्नेत आर्थिक हैसियत कमजोर नभएको घरमा स्कुटी भएको र डेढ विगाहा भन्दा बढी नम्बरी जग्गा भएको अभिभावकको छोरी परेको समेत नगरमा कुरा उठ्यो ।

    पवना बस्नेतको बाउ डिगबहादुर बस्नेत गएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उमेद्वार बनेका रहेछन् । नगरपालिकाले गएको बर्ष ४५ लाख लक्षित वर्गको लागि रकम विनियोजन गरेको थियो । त्यस मध्ये आदिवासी जनजाति महासंघले २ लाख ७५ हजार मात्र छुट्टिएका महासंघका नगर सचिव देवेन्द्र वनेमको भनाइ छ । दलितको लागि एक लाख, जेष्ट नागरिकलाई ७० हजार मात्र बजेट विनियोजन भएको छ । उपप्रमुख विष्टले हेरिरहेको लक्षित वर्गको रकम ढाका तान तालिम ८ लाख ५० हजार, महिला दुना टपरी बनाउने तालिम ४ लाख ५० हजार, सिलाइ कटिङ तालिम, छात्रालाई साइकल वितरण लगायत अधिकांश बजेट महिलाहरुलाई वितरण गरिएको समेत भण्डारीको भनाइ छ । गएको तीज मनाउन सोही बजेटबाट रकम विनियोजन भएपछि त्यस बेला पनि निक्कै नगरपालिका आलोचित भएको थियो । केही हप्ता अघि नगरपालिकाको लागि जेसीबि खरिद भएको छ ।

    ३९ लाखमा खरिद भएको जेसीवि संचालन कार्यविधि पास हुन सकेको छैन । जेसीवि संचालन समितिको संयोजक उपप्रमुख विष्ट बस्न खोजेपछि आफूले विरोध गरेको ४ नम्बर वडा अध्यक्ष भण्डारीको भनाइ छ । नगरको सम्पूर्णको योजनाको अनुगमन गर्ने जिम्मा उपप्रमुखको रहने संविधानमै उल्लेख । अनुगमन र नियमन एउटै व्यक्ति हुन नहुने तर्कसहित उपप्रमुख विष्टलाई नवस्न आफूले आग्रह गरेको भण्डारीको भनाइ छ । नगरमा ल्याइएको कम्पनी र क्षमताको जेसीबी ३५ आउने आफूले सुनेको ४ नम्बर वडा अध्यक्ष गोविन्द भण्डारीले बताए । केही समय नगरपालिकाले स्वास्थ्य कर्मीहरु लिन परीक्षा संचालन गरेको थियो । चार जनाको लागि लिइएको परीक्षा निष्पक्ष नभएको भन्दै केही परीक्षार्थीले निक्कै ठूलो असन्तोष जनाएका थिए । केही समय अघि न्यय समिति सदस्य दुर्गा सिटौला आफै जग्गा मुद्धामा जोडिएपछि उनलाई त्यो समितिबाट हटाइएको छ । नगरका इन्जिनियर अरुण क्षेत्री घिमिरे आर्थिक चलखेलको आधारमा सेवाग्रहीको कामलाई प्रथमिकता दिन थालेपछि त्यसले ठूलै रुप लियो ।

    घिमिरे यतिवेला छानविनको दायरमा छन् । चार जना वडा अध्यक्षको एक छानविन समिति बनेपनि इन्जिनियर घिमिरेलाई निरन्तर काममा खटाइएकै छ । छानविनमा परेका घिमिरेलाई केही समय पद मुक्त गरेर अनुसन्धान गर्नुपर्ने केही सेवाग्रहीको माग छदैछ । गाबिसबाट नगरपालिका सिफारिष हुनु अघि तत्कालीन पथरी र शनिश्चरे गाविसमा स्थापित राजनीतिक दलका नेताहरुले नगरपालिका भएपछि त्यसबेला भुटानी शरणार्थी शिविर भएको स्थलमा नगरको कार्यालय राख्ने सहमति भएको थियो । नगर स्वीकृति भएर आएपछि शिविर डाँडामा कार्यालय सार्नुपर्ने वडा नम्बर १० को वडा अध्यक्ष सागर राई र त्यहाको जनताको माग रहेको छ । नगर सार्न आलटाल भएपछि मोरङ जिल्ला अदालत, पुनरावेदन र सर्वोच्च अदालतबाट समेत शिविर डाँडामै कार्यालय सार्न फैसला समेत भइसकेको छ । यो बिषयले समेत बेलाबेला नगरपालिका अशान्त बन्ने गरेको छ ।

    वडा नम्बर १० यतिवेला मान हानीको मुद्धा प्रकृयामा अघि बढेको अध्यक्ष सागर राईले बताए । नगरको काम कार्वाही सहज गर्न विभिन्न कर्मचारीको साथै प्रमुख र उपप्रमुखको कार्यसम्पादन सहज गर्न दुई जना करारमा समेत कर्मचारी नियुक्त गरिएको छ । कर्मचारी भएपनि जनताको काम सहज गर्न छुट्टै सचिवालय कक्षा छैन । उर्लाबारी, लेटाङ र वेलबारी नगरपालिकाले सचिवालय बनाएर जनताको कामलाई सहज बनाएको देखिएपनि पथरीशनिश्चरेमा भने कर्मचारी नियुक्ती छ सचिवालय भने । नगरप्रमुख दिलिपकुमार राईले नगर कार्यालय सागुरो भएको कारण छुट्टै सचिवालय नबनाएको बताउछन् ।

    करारमा नियुक्त गरिएको कर्मचारी भने उपप्रमुखको कार्यकक्षमा बढी व्यस्त देखिन्छन् । नगरकै १० नम्बर वडामा बन्न लागेको प्रदेश सरकारकै गौरवको आयोजना आदिवासी जनजाति संग्रहालयलाई मोडेर सांस्कृतिक ग्राम तीन धाम बनाउने प्रयास भएपछि स्थानीय आदिवासी समुदाय आक्रोशित छन् । प्रदेश समाजिक मन्त्री जीवन घिमिरेले नगरमा आएर तीन धाम बन्न लागेको उद्घोष गरेकैबेला वडा नम्बर १० का अध्यक्ष सागर राई लगायतले मन्त्री विरुद्ध नारावाजी गरेका थिए । अध्यक्ष राईको सरोकार संग्रहालय भन्दा बढी नगरको स्थानन्त्रण थियो ।

    यसरी नगरपालिका अशान्त र छिमेकी नगरभन्दा प्रशासन कमजोर बन्नुमा प्रमुख दिलिपकुमार राईको आवश्यक भन्दा बढी भद्रता र उपप्रमुखको हस्तक्षेपकारी भूमिकाले काम गरेको स्थानीयबासीको ठहर छ । नगरको मुख्य समस्या सुकुम्बासीलाई व्यवस्थित गर्नु, खोला तटबन्धन लगायतको बिषय जस्ताको त्यस्तै छ । ५५ जनाको नगर व्यवस्थापिका मध्ये ३५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रहेको छ । १० वटा वडामा सात वटा नेकपाकै छन् । जसमध्ये पूर्व एमालेकै बहुमत रहेको छ । काममा तालमेल नमिल्नुमा पूर्व एमालेका दुईवटा लाइनले समेत काम गरेको बुझिन्छ । केपी ओली र माधव नेपालको खेमाले कहिले काही काम गर्ने गरेको कारण नगरको काममा असहजता पैदा हुने गरेको बुझिन्छ । प्रमुखको निर्वाचन लडेका नेपाली कांग्रेसका गणेश खड्का आफ्नो पार्टीले नगरको काम गर्न कुनै असर नगरको बताउछन् । यद्यपि नगरको काम जनताले चाहेको गतिमा अघि बढ्न नसकेको टिम्पनी गर्छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…