• विजय धिमाल
    उर्लाबारी १६ माघ ।  मोरङको उर्लाबारी ९ आम्बारी स्थित सार्वजनिक माविले आफ्नो ५३ औँ वर्ष पुरा गरेको अवसरमा फागुन १६ र १७ गते भव्यरुपमा स्वर्ण महोत्सव मनाउने भएको छ ।
    २०२२ सालमा स्थापना भई ऐतिहासिक पृष्ठभूमि र शैक्षिक कार्यकलाप समेटेर स्वर्ण महोत्सव मनाउन लागेको हो । स्थानिय बुद्धिजिवि तथा समाजसेवीहरुको साथ साहयोग र सल्लाह अनुरुप २०२२ सालदेखि कटेरो तथा टहरामा शिक्षाको प्ररम्भ भएको थियो । संचालन हुँदैगर्दा २०२९ सालमा शिक्षा पद्धति लागुभएपछि कक्षा १ देखि ३ सम्म र २०४०÷०४१ मा ४ र ५ कक्षा २०५०÷०५१ सालमा कक्षा ८ सम्म र २०६९÷०७० मा कक्षा ९÷१० को अनुमति अनुमति पाई हाल बाल शिक्षा देखि कक्षा १० सम्मको पठनपाठन गर्दै आइरहेको विद्यालयका प्रअ टंकप्रसाद दुलालले जानकारी दिए । यस विद्यालयले २०७० सालदेखि एस.इ.इ. सुरु गरेको ५ वर्षको अवधिमा करिब १ सय ५० विद्यार्थी राम्रै अंकमा पास गराउन सफल भएको जानकारी दिए ।

    विद्यलयको स्वमित्वमा झापाको दमक स्थित २ विगाह १७ कठ्ठा ९ धुर रहको र मोरङ स्थित समाजसेवि चौकिलाल धिमालले १० कठ्ठा विद्यालयलाई दान दिएको हो । हाल विद्यालय १० कठ्ठा भित्रमा अवस्थित रहेको छ । उर्लाबारी भित्र रहेको २२ वटा सामुदायीक विद्यालय बिच फागुन ८ गतेदेखि नगर स्तरिर्य अन्र्त मावि छत्रछात्रा पुटबल प्रतियोगीता, १३ गते नर्सरी देखि ५ कक्षा सम्मकालाई सामुहिक नृत्य प्रतियोगीता र कक्षा ६ देखि ८ सम्मकालाई हाजिरीजवाफ प्रतियोगीता आयोजनागरी फागुन १६ र १७ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती संगै भव्य औपचारिक रुपमा कार्यक्रम समापन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव कार्यक्रमका संयोजक कुरुराज आङबुहाङले जानकारी दिए । कार्यक्रमलाई भव्य तथा सभ्य तरिकाले सम्पन्न गर्न स्वदेश तथा विदेमा रहेका भुपु विध्यार्थी र स्थानिय बुद्धिजिवि तथा समाजसेवीहरुबाट आर्थिक संकलन भैरहेको जानकारी संगै कार्यक्रम सम्पन्न गर्न करिब ७ लाख रकम लाग्ने कार्यक्रम समितिले जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख रहने जानकारी गराए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…