• झिलझिले माघ १६ ।
    शहिद दिवसमा वुधबार साँझ झापाका पन्ध्रवटै स्थानिय तहका वडामा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले दिप प्रज्वलन गरेर शहिदको सम्झना गरेका छन । झापाका सवै वडामा दिप प्रज्वलन भएको नेविसंघ झापाका सदस्य अर्जून भट्टराईले जानकारी दिए ।

    शिवसताक्षी नगरमा वडा नम्बर ११ को वडा समिति, नेपाल विद्यार्थी संगठन र तरुणदलले संयुक्त दिप प्रज्वलन गरेर शहिदको सम्झना गरेको हो । दुधे वजारमा सयौ कार्यकर्ताले दिप प्रज्वलन गरे । शहिद धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दसरथ चन्द र शुक्रराज शास्त्रीको तस्वीरमा माल्र्यापण गर्दे दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा नेविसंघका पुर्व जिल्ला सभापति मनोज खुलाल, शिवसताक्षीका नगर सभापति दिवस बाँस्कोटा, जिल्ला सदस्य अर्जुन भट्टराई र नेपाली काँग्रेसका ११ नम्बर वडाका कार्यवहाक वडा सभापति हर्क सिगु लगायतले शहिदले गरेको त्यागले नै मुलुकले नयाँ मोड लिएको वताएका थिए ।

    यस्तै नेपाली काँग्रेसकै विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले जिल्लाका १५ वटै स्थानिय तहमा सरकारको विरोधमा वुधबार साँझ राँके जुलुस निकालेका छन । विर्तामोड, दमक, भद्रपुर, गौरादह, मेचिनगर लगायतका स्थानमा राँके जुलुस निकालेर सरकारको विरोध गरेका हुन । उनीहरुले निर्मला पन्तको परिवारलाई न्याय दिनुपर्ने, वाईवडी जहाज खरिद प्रकृयामा भएको भ्रस्टचारको छानविन गरी दोसीलाई कार्वाहि गर्नुपर्ने, डा गोविन्द केसीको जिवन रक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायतका नारावाजी गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…