दमक/झापाको दमकमा अघि साँझ नेपाली काँग्रेस निकट युवा तथा बिद्यार्थीहरुले राँके जुलस निकालेकाछन् । काँग्रेस तथा डा.गोविन्द केसीको माग बिपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएको बिरोधमा दमकमा पनि अघि साँझ राँके जुलस प्रर्दशन भएको हो ।
उनीहरुले निर्मला पन्तको परिवारलाई न्याय दिनुपर्ने, वाईवडी जहाज खरिद प्रकृयामा भएको भ्रस्टचारको छानविन गरी दोसीलाई कार्वाहि गर्नुपर्ने, डा गोविन्द केसीको जिवन रक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायतका नारावाजी गरेका थिए ।