• उर्लाबारी । मोरङ मिक्लाजुङ—४ का रामकुमार राई एक दशक देखी मुर्तिकलामा क्रियाशिल छन् । यहि पेशालाई जिविको पार्जनको माध्यम पनि बनाईरहेका छन्,राईले । परम्परागत मूर्तिकलामा अब्बल मोरङ राईले यहि पेशाबाट आर्थिक उपार्जन गर्ने मात्र होईन्, युवाहरुको लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण समेत बनेका छन् ।

    मन्जुल मुर्तीकलामा प्रशिक्षण लिएका राई अझै धेरै पैसा कमाउन विदेश गए, तर बराईन पुगेपछि झनै दुख पाए । अनि आफ्नो मुर्तीकला मोहलाई स्वदेश फर्केर मुर्ति बनाउदैं पुरा गरे । राई भन्छन्, यहि पेशामा मेरो भविष्य रैछ, अन्य काममा खासै ध्यान जाँदैन् । मुर्तीकलामा निक्कै मेहेनत गर्ने राई मूर्तिको बुट्टा काट्नुका साथै चम्काउने काम पनि आफैँ गर्छन् । उनले विभिन्न सहिद तथा साहित्यकारहरुको प्रतिमा मुर्ती मार्फत दुरुस्तै उतार्ने गरेका छन् ।

    सानैदेखि मूर्तिकलामा लागे पनि व्यावसायिक रुपमा लागेर यो काम गरेका उनले १० वर्ष भयो । कमाइ सन्तोषजनक छ । कामको चापले व्यस्तता बढेको छ,रामकुमारको ।
    देवी, देउता, राष्ट्रिय विभूति र मानिसहरुको शालिक गरी रामकुमारले हालसम्म दुईसय भन्दाबढी शालिक निर्माण गरिसकेका छन् ।
    मुर्तीकार मञ्जुल मितेरीको प्रेरणाबाट यस क्षेत्रमा हात हालेको बताउने उनी पित्तल, तामा, जस्ता लगायतबाट बनाइने परम्परागत मूर्तिकला मात्रै होइन ढुङ्गामा कुदेर पनि राम्रा मुर्ति तयार पार्न सक्छन् ।

    यो पेसाबाट नाम र दाम दुवै मिल्ने गरेको उनले बताए । ठिकै छ, स्वदेशमै काम गरेर खान सजिलो भइरहेको छ । कामप्रति सन्तुष्ट छुु, उनले भने ।
    मूर्तिका काम गर्दै गर्दा भेटिएका उनले भने, सिप र मेहनत अनुसारको आम्दानी हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…