• बाहुनडाँगी । विराटनगर जेसीज वर्ष २०१९ का उपाध्यक्ष अभिनास थापा नेपालका चिन्नै पर्ने अग्रणी युवाको सुचिमा परेका छन् । विराटनगरका स्थायी बासिन्दा थापा सानै उमेरमा विभिन्न संघ संस्थामा नेतृत्व गर्दै राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सफल व्यक्ति हुन् । उनले नेपाल जेसीज अन्तरगत रहेको जुनियर जेसीज वर्ष २०१८ का राष्ट्रिय कोर्डिनेटर समेत रहेर सफल नेतृत्व गरिसकेका छन् । वर्ष २०१८ मा नेपाल जेसीजको राष्ट्रिय जुनियर जेसीज संयोजक भई देशभरिको जुनियर युवाहरुलाई नेतृत्व प्रदान गरेको थापालाई सो सुचीको सामाजीक क्षेत्रमा चयन गरिएको हो । देशभरीका युवाहरु मध्ये सकारात्मक परिवर्तनमा काम गरेको भन्दै थापालाई मनोयन गरिएको छ । थापा विराटनगर जुनियर जेसीज वर्ष २०१७ का अध्यक्ष, वर्ष २०१७ का क्षेत्र ‘क’ कोर्डिनेटरको जिम्मेवार बहन गरेका उनी वर्ष २०१७ मा बेष्ट जुनियर एप्पोइन्टेस अवार्डबाट समेत पुरस्कृत बनेका थिए ।
    शालिन भद्र र स्पष्ट वक्ताका रुपमा आफ्नो पहिचान बनाएका थापाका लागि यो उपलब्धीले जति उचाइमा पु¥याएको छ त्यति नै विराटनगरमा रहेका युवाहरुलाई हौषला थपेको विराटनगर जेसीज वर्ष २०१९ का अध्यक्ष सेवक बजगाईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…