• काठमाडौं । राष्ट्रियस्तरको बिकास बैंकको रुपमा बित्तीय कारोवार सञ्चालन गर्दे आएको मुुक्तिनाथ बिकास बैकले नेपाल राष्ट्र बैंकको निर्देशनको अवज्ञा गरेको छ ।

    राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रियस्तरका बिकास बैंकहरुले यही पुस मसान्तसम्म कर्जा तथा निक्षेप बिचको व्याजदर अन्तर (स्प्रेड दर) पाँच प्रतिसतमा सिमित राख्नुु पर्छ । तोकिएको अवधिसम्म स्प्रेड दर नघटाए राष्ट्र बैंकले कारवाही गर्न सक्छ ।

    तर क्षेत्रियस्तरबाट क्रमश राष्ट्रियस्तरको बिकास बैंक भएको मुुक्तिनाथले भने राष्ट्र बैंकको उक्त निर्देशनलाई अवज्ञा गरेको छ । स्प्रेड दर बढी हुंदा बैंकमा निक्षेपको व्याज सस्तो हुुन्छ भने कर्जाको व्याज निकै नै महंगो हुुन्छ ।

    यसकारण बैंकले आफ्नो बढ्दो व्यवस्थापन खर्च चलाउन बढी नाफा कमाउन कै लागि निक्षेप तथा ऋणी ग्राहकको ढाड सेक्ने गरेको छ । अन्य बिकास बैंकहरुमा पाँच प्रतिसत भन्दा तल रहेको स्प्रेड दर मुक्तिनाथमा पाँच दसमलव ५४ प्रतिसत रहेको छ ।

    गत आवको सोही अवधिमा पनि सो बैंकको स्प्रेड दर छ दसमलव ६३ प्रतिसत रहेको थियो । उक्त अनुुपातमा स्प्रेड दर कायम राखेकै कारण गत आवको दोस्रो त्रैमासमा सो बैंकले चार करोड २९ लाख २७ हजार रुपैयाँ संभावित जोखिम व्यवस्थापन रकम छुुट्याएर पनि २६ करोड ४३ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

    चालुु आवको दोस्रो त्रैमासिक अवधिमा भने मुुक्तिनाथको संभावित जोखिम व्यवस्थापन रकम १० ४४ लाख ३४ हजार रुपैयाँ रहेको छ । यति हुुंदा पनि यस आवको दोस्रो त्रैमासमा सो बैंकले ४० करोड ४८ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

    यो मुनाफा अहिलेसम्म दोस्रो त्रैमासिक बित्तीय बिवरण प्रकाशित गर्ने बिकास बैंकहरु मध्येमा सबै भन्दा उच्च हो । तर यो मुनाफा कमाउनुको मुुल कारण भने बैंकमा रहेको उच्च स्प्रेड दर नै हो । चुक्ता पुंजी तीन अर्ब छ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमाससमा ३८ अर्ब १३ करोड ८२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    घरजग्गा क्षेत्रमा मात्र बैकले एक अर्ब ५२ करोड ९३ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा सो बैकले २१ अर्ब ७३ करोड ९३ लाख ८१ हजार रुपैयाँ निक्ष्ोप संकलन गरी १९ अर्ब ३३ करोड ४९ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा एक अर्ब १८ करोड ५४ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…