काठमाडौं, एक्सन स्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘साङ्लो’ मा निकिता चाण्डक मूख्य नायिकामा अनुबन्ध भएकी छन् ।
मिस नेपाल-२०१७ निकिता चण्डकले अभिनेता विराज भट्टसँग जोडी बाँध्ने भएकी छन्। उनले विराजसँग 'साङ्लो' सिनेमामा जोडी बाँध्न लागेकी हुन्।
यसै सिनेमाबाट विराजले निर्देशनमा डेब्यू गर्दैछन् भने यसअघि निकिता 'रानीमहल' सिनेमामा अनुबन्धित भएपनि निर्माता बिचमै हराएपछि सिनेमाको छायाँकन रोकिएर अलपत्र परेको थियो।
सिनेमाका लागि शुक्रवार निकिता र विराजबीच औपचारिक सम्झौता भएको हो ।
‘साङ्लो’ को छायांकन चैत १ गतेबाट हुने भएको छ । विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने फिल्म पूर्ण रुपमा एक्सनप्रधान हुनेछ ।
विराज पछिल्लो समय भोजपुरी सिनेमामा व्यस्त रहँदै आएका छन्।