• कुमार खड्का माघ १७, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा ४ का जनप्रतिनिधि र स्थानिय सरकार उप– प्रमुख विचको विवादका कारण वडा नम्वर ४ का जनताले सास्ती खेप्न वाध्य भएका छन् ।
    वडा नम्वर ४ का वडा अध्यक्ष गोविन्द वहादुर भण्डारी र नगर उप– प्रमुख यमुना विष्ट वास्तोला विचको आपसी मतभिन्नताका कारण स्थानिय वडाका जनताले विकाश निर्माण को काममा वाधा पुग्दै आएको वताएका छन् ।
    विगत केहि समय अगाडी नगपालीकाले विकाश निर्माणमा सहयोग पु¥याउने उद्ेश्य राखेर खरिद गरेको जेसिवी को सञ्चालन अनुगमन उप–प्रमुखले आफुले पाउनुपर्ने दावि गरेपछि त्यसको सञ्चालन अनुगमन नगर प्रमुखको मातहतमा हुनुपर्ने आफुले आवज उठाएपछि उप–प्रमुख आफुसग असन्तुष्ट हुदै आएको र वडा नम्वर ४ को विकाश निर्माणको काममा आफ्ना वडाका केहि सदस्यहरुलाई आफ्नो पक्षमा पारेर समग्र वडा नम्वर ४ को विकाश निर्माणको कार्यको अनुगमन मा आवश्यता भन्दा वढि हाविहुदै उप–प्रमुखले अनाआवश्यक दुख दिन खोजेको वडा अध्यक्षको आरोप रहेको छ ।


    जेसिवी सञ्चालन अनुगमनको विषयमा तर्क विर्तक हुदा उप–प्रमुखले आफुलाई पेलेर जाने वताएको अध्यक्ष भण्डारीले वताउदै आएका छन् ।
    सो विषयलाई लिएर उप–प्रमुखले आफुलाई असहयोग गर्दै आएको उनले मंगलवार नगरपालिका परिसरमा भएको नगरपालिका प्रतिनिधि,वडाका प्रतिनिधि,सम्वधित वडाका अन्य निर्वाचित प्रतिनिधि र वडा वासी जनताका सामु सो कुरा राखेका थिए ।
    स्थानीय तहको निर्वाचनपछि टोलटोलमा विकास हुने आपेक्षा राखेका जनताले अहिले एउटा योजनाको काम सकेर रकम निकासा माग गर्नका लागि स्थानिय जनप्रनिधिको मतभिन्नताका कारण महिनौँ धाउनुपर्ने बाध्यता भएको छ ।
    पथरीशनिश्चरे वडा नं. ४ को एउटा योजनाको रकम निकासाका लागि नगरपालिका धाउदा मंगलबार २८ दिन पुग्यो तर नगरपालिका वाट रकम निकासामा ढिला सुस्ती हुदा सो योजनामा काम गर्ने मजदुर हरुलाई ज्यालादारी भुक्तानी गर्न समस्या भएको उपभोक्ता समितिका अध्यक्ष छत्र बहादुर खड्काले बताए ।
    वडाको बजेटबाट “कोशेली चोक पश्चिम पैनीबाट होक्सेलीको घरपूर्व ड्रेन निर्माण तथा साघुँरो पैनी कल्भर्टमा ह्युमपाइप” भन्ने शीर्षकमा वडाको ४ लाख र स्थानियको जनसहभागिताको १५ प्रतिशतको लगानीमा सञ्चालनमा आएको सो योजनाको काम पुष १६ गते सम्पन्न गरि सवै मापदण्ड पुरा गरि नगपालिकामा भुक्तानीका अनुगमन होस भनि आफु वारम्वार नगरपालिका धाउदा पनि उप–प्रमुखले आफुलाई नचिन्ने भन्दै अनुगमन रोकि भुक्तानीमा अवरोध सृजना गरेको अध्यक्ष खड्काले बताएका छन् ।
    योजना सम्पन्न भएपछि अनुगमन पनि भएको छ । काम पनि राम्रो गरेको भनेर सबैले भनिरहेकै छन् । प्रविधिकले पनि स्टीमेट अनुसारको काम सम्पन्न भएको भनेर सिफारिस गरेका छन् । उपभोक्ता समितिले रकम निकासाका लागि २८ दिन सम्म पनि धाइरहदाँ समेत निकासा नभएकाले आफुहरु मारमा परेको गुनासो उपभोक्ता समितिको रहेको छ ।
    पहिलो किस्ताको रकम निकासा लिइसकेको र अब २ लाख ६० हजार निकासा पाउन बाँकी छ । सोह रकम निकासा नहुदाँ काम गर्ने मिस्त्री, गिटी बलुवा, ह्युम पाइपको रकम पनि दिन नपाएको गुनासो अध्यक्ष खड्काले गरका छन् ।
    सो योजना संचालन गर्नका लागि वडा कार्यसमितिले पास गरि निर्माण कार्य थालनी गरेको भएतापनि पछिल्लो समयमा वडा समिति सदस्य र वडा अध्यक्ष विचमा २ धारको अवस्था सृजना उत्पन्न हुदा वडाका अन्य ३ सदस्य तुलसा देवि दर्जी,अम्मर बहादुर वराईली र दिलु मगरले नगरपालिका मा माघ १२ गते लिखित निवेदन हाली अवरोध सृजना गर्न खोजेको वडा अध्यक्ष भण्डारीको भनाई रहेको छ ।
    यता न्याय पालिकामा निवेदन हाल्ने वडा सदस्य मध्येका अम्मर बहादुर दर्जी भने पुलको संरक्षणका लागि परेको योजना भएतापनि सो ठाँउमा काम नभई पुल भन्दा माथिल्लो भागमा काम भएपछि अनुगमन होस भनि निवेदन हालेको हो तर भुक्तानि रोक्ने कुनै नियत नभएको बताउछन् ।
    त्यस्तै अर्का एक स्थानिय चन्द« कुमार केशी भन्छन् अध्यक्ष र नगर उप–प्रमुखको को प्रर्वग्रहिका कारण ४ नम्वर वडा अति उपेक्षित भएपछि सो का वारेमा वुझन आफु नगरपालिका आएको र यस्ता आग्रह प्रर्वग्रहका कारण ४ नम्वरको समग्र विकाशमा धक्का पुगे जनता त्यसलाई नस्विकार्ने पक्षमा रहेको उनले बताए ।
    नगरमा मंगलबार बसेको छलफलमा सहभागी रहेका नगरप्रमुख दिलिप कुमार राईले योजना सम्पन्न भएको हो भने मंगलवार नै निकासा लैजान सुझाएका छन् । यस्ता साना कुराहरु नगरमा आउनुभन्दा पनि वडामा नै समाधान गर्न पनि राईले सम्वधित वडाका सरोकार वाला पक्षलाई आग्रह गरेका छन् ।
    वडा समितिले यस्ता सानातिना कुराहरु वडामा मै समाधान गर्नुपर्ने हो तर योजनाको काम हुनुभन्दा अगाडी नै समस्या समाधान नगरेर अध्यक्ष र सदस्य हानाथाप गर्न थालेपछि जनतामा निरासा छाएको छ । जनताले तिरेको करबाट सेवा सुबिधा लिएर बसेका जनप्रतिनिधि एक आपसमा हैसियत खोजेर लडिरहदा जनता त्यसको प्रत्यक्ष मारमा परेका छन् ।
    वडामा छलफल नै नगरी नगरको न्यायिक समितिमा ३ जना वडा सदस्यले जानकारी गराएका थिए । न्यायिक समितिमा कुरा आएपछि त्यसमा चासो दिनु आफ्नो कर्तव्य भएका कारण काममा गडबढी भएको हुन सक्ने भन्दै छलफलका लागि राखेको अनुगमन समिति संयोजक यमुना विष्टले बताइन् ।
    मंगलवारको जनदवाव पछि नगर प्रमुखको अग्रहमा भुक्तानी निकासा भएको वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…