• काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पनि डा. गोविन्द केसीको अनशनमा एक्यबद्धता जनाएकी छिन् ।

    चिकित्सा शिक्षा सुधारको माग गर्दै २२ दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको अनशन स्थल शिक्षण अस्पतालमा पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्व प्रधानन्यायाधीश कार्कीले अनशनमा एक्यबद्धता जनाएकी हुन् ।

    बुधबार दिउँसो अनशन स्थल पुगेकी कार्कीले गोविन्द केसीको माग सर्वसाधारण जनता तथा विद्यार्थीको हकहितका लागि भएकोले सरकारले केसीसँगको सम्झौता पूरा गर्नुपर्ने बताइन् । ‘सबैको मनमा उहाँको माग पूरा हुनुपर्छ भन्ने छ। केसीका माग पूरा भए राष्ट्र र प्रधानमन्त्रीको पनि विजय हुनेछ’, उनले भनिन् ।

    साथै उनले डा. गोविन्द केसी सबै पार्टीको पालामा अनशन बसेको सरकारलाई स्मरण गराइन् । ‘डा.केसी सबै पार्टीको सरकार छँदा अनसनमा बस्नुभएको हो । कुनै पनि सरकारले उहाँको माग पूरा गरेको छैन,’ काकीले भनिन् ।

    डा. केसीकै कारण मेडिकल शिक्षामा सुधार आएको स्पष्ट पार्दै उनले केसीको माग पूरा गर्दा जनताको जित हुने बताइन् ।

    यता अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएको अस्पतालले जनाएको छ। अपरान्ह ५ बजे अस्पतालले गरेको ब्रिफिङका अनुसार केसीलाई सास फेर्न गाह्हो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। कमजोरीको कारण उनी निदाउन समेत सकेका छैनन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…