• उर्लाबारी । पूर्वी मोरङकै अग्रणि शैक्षिक संस्था उर्लाबारी—६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव भब्य रुपमा मनाईने भएको छ । यहि माघ २५ देखि २८ गतेसम्म मनाईने महोसत्वको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।
    विहिबार विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण महोत्सव बारे जानकारी गराएको छ । प्रधानाध्यापक कुमार पोखरेलका अनुसार उद्घाटन कार्यक्रमसँगै विद्यालय परिसरमा स्वर्ण जयन्ती स्मारक अनावरण र स्मारिका विमोचन राष्ट्रपति भण्डारीबाट हुनेछ । त्यस्तै,विद्यालयको श्रीवृद्धिमा योगदान पु¥याउनेहरुलाई सम्मान स्वरुप कदर गरिने,विशेष व्यक्तिहरुलाई अभिनन्दन गरिने भएको प्रधानाध्यापक पोखरेलले बताए । उद्घाटन समारोहमा विद्यालयको आर्थिक प्रतिवेदन साथै भावी योजनाहरु पनि प्रस्तुत गरिने छ । स्वर्ण महोत्सवलाई भव्य बनाउन उद्घाटन समारोहमा साँस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका झाँकी,गायन तथा नृत्य प्रस्तुत गरिनेछ ।


    यस्तै, स्वर्ण महोत्सवको दोस्रो दिन कृषि विज्ञान लगायत प्रदर्शनीको उद्घाटन हुने बताइएको छ ।
    सोहि दिन कविता वाचन तथा साहित्यिक कार्यक्रम,पूर्व शिक्षक,पूर्व सन्चालक समिति र समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने पूर्व विद्यार्थीलाई सम्मान गरिने विद्यालयका सुचना संयोजक ऋषिकेश खनालले जानकारी दिएका छन् । शिक्षक समेत रहेका खनालका अनुसार कार्यक्रमको तेस्रो दिन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमहरु हुनेछ ।

    सोमबार उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुरको फागोको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी विधिवत रुपमा समापन गरिने छ । २०२५ साल पुस १ गते स्थापना भएको राधिका माविसँग भब्य शैक्षिक भवनहरु रहनुका साथै १५ विगाहा क्षेत्रफलमा जग्गा रहेको छ । राधिकालाई नमुना माध्यमिक विद्यालयको रुपमा गुरु योजना बनाएर कार्यान्वयनमा लैजाने चरणमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईले बताए । उनका अनुसार मानव संसाधन, विद्यालयको भौतिक पूर्वधार र जग्गा जमिनको समुचित प्रयोग गरी समाज राष्ट्र र अन्तर्राष्ट्रिय माग अनुसार विद्यालयले हिड्न सकेकोमा गौरव महशुस गरिएको अध्यक्ष राईको भनाई छ ।

    https://www.youtube.com/watch?v=J7uQ-LFIx38&t=24s

    https://www.youtube.com/watch?v=XLlO4iqGif4

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…