• रातोकलम अनलाइन!
    क्वालालम्पुर-जनुवरी-३१

    मलेसियाको सेलेंगर राज्य स्थित रहेको डब्लु.आर.पी प्यासिफिक कम्पनी लाइ मानव संसाधन मन्त्रालयले कारबाही गर्ने भएको छ।३ महिना देखीको पारिश्रामिक नदिएको भन्दै गत आइतबार देखि मंगलबार सम्म नेपालि लगायत अन्य मुलुकका करिब दुइ हजार आप्रबाशी मजदुरहरु हड्तालमा उतीएका थिए!
    हातमा लाउने रबरको पन्ञा उत्पादन गर्ने उक्त कम्पनीले अघिल्लो बर्ष नोभेम्बर देखि बिदेशि श्रमिकको तलब रोकेको थियो।

    मन्त्रालय ले जनाए अनुसार तीन महिना देखि रोकिएको तलब दिने सहमति मंगलबार भएपनि कम्पनीले कानुनी कारबाही भोग्नुपर्ने श्रोतले जनाएको छ। कम्पनीले फेरि यस्तो गल्ती नदोहोर्‍याउन र अरुले पनि यस्तो गल्ती नगरुन भनेर कारबाहीको भागेदारे बन्नुपरेको श्रोतको भनाइ छ!
    मन्त्रालयको अनुसार श्रम बिभागले उक्त कम्पनी विरुद्ध कारबाही गर्न प्रक्रिया अगाडि बढाए पनि कस्तो खालको कारबाही हुने भन्ने बारे उल्लेख छैन!

    हडताल पछि नेपाली राजदुतास,बाङ्लादेशि दूतावास र कम्पनी को सामुहिक बैठक बसेको थियो । बैठकपछि रोकिएको तलब दिने र अबदेखी समयमै तलब दिने सहमति पछि श्रमिक हरु काममा फर्किएका छन्!सो कम्पनीले तिन महिना देखि तलब रोकेको,अतिरिक्त समय काम गरेको रकम पनि नदिएको र अनावश्यक तरिकाले बिभिन्न सिर्षकमा तलब काट्दै आएको अनुसन्धान पछी खुलासा भएको छ!

    डब्लु आर पि को मुख्य कार्यकारी लि सोन होंग ले दाबी गर्दै भने कम्पनी मा कार्यरत सबैलाई तलब दिन कुनै ढिलाइ नगरिएको र मलेसियन कानुन अनुसार सबै श्रमिक हरुलाई तलब समयमै दिएको भनाइ लाई उदृत गर्दै मलेसियन अनलाइन पत्रीका मलायमेलमा उल्लेख गरेको छ!

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…