• मोरङ । पथरीशनिश्चरे नगरपालिका मोरङले जारी गरेको ‘सूचना तथा सञ्चार कार्यविधि—२०७५’ व्यवहारिक नभएको भन्दै स्थानीय पत्रकारहरुको बैठकले संशोधन गर्न सुझाव पेस गर्ने भएका छन् ।

    बिहिबार भएको आम सञ्चारकर्मीको भेलाले कार्यविधि संशोधन गरेर व्यवहारिक बनाउन सुझाव दिने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, महासंघका पूर्व मोरङ जिल्ला सहसचिव मोहन भट्टराई, ब्लाष्ट टाइम्स दैनिकका दिने सुब्बा, एभिन्युज टेलिभिजनका समारचारदाता गोपाल काफ्ले, रिदम एफ.एम.का सञ्चालक कुमार खड्का, सिम्रिक एफ.एम.का विवेक न्यौपाने, टिभि नेपालीका पत्रिका पौडेल, पथरी एफ.एम.का भीमराज अधिकारी, अनमोलमणी साप्ताहिकका भूमि पाठक लगायत पत्रकारहरुको बैठकले सो निर्णय गरेको हो ।
    नगरपालिकाले पत्रकारहरुसँग पर्याप्त छलफल नगरी जारी भएको कार्यविधि मार्फत मिडिया हाउसको क्षमता, स्तरीयताको मापदण्डको ख्याल नगरी अनुदान वितरण गर्न लाग्दा संशोधन गरेर मात्र रकम वितरण गर्न सुझाव पेश गर्ने निर्णय भएको हो । पथरीमा तीन वडा एफ.एफ.रेडियो, पाँच वटा साप्ताहिक पत्रिका र एउटा दर्ता भएको अनलाइन मिडिया रहेको छ ।

    पत्रकारहरुको भेलाले नगरपालिकामा रहेका सञ्चार हाउस र सञ्चार क्षेत्रको विकास, नियमन र नियन्त्रण गर्न ‘सञ्चार बोर्ड’ गठन गर्नुपर्ने, कार्यविधि संशोधन गरेर विनियोजन भएको रकम मध्ये आधा लेखन वृति र आधा सञ्चार हाउसहरुको स्तरीयता हेरेर लोक कल्याणकारी विज्ञापनको वितरण गर्न सुझाव दिने निर्णय भएको छ । लोककल्याणकारी विज्ञापनको रकम वितरण गर्दा सञ्चार हाउसहरुले न्युनतम पारिश्रमिक ऐन कार्यान्वयन भए नभएको कुरालाई ध्यान पु¥याउनु पर्ने सुझाव दिएका छन् ।

    भेलाले उर्लाबारी, बेलबारी, सुन्दरहरैचा, लेटाङ नगरपालिका, मिक्लाजोङ र कानेपोखारी गाउँपालिका क्षेत्रमा कार्यरत पत्रकारहरुसँग छलफल गर्दै निकट भविश्यमा नेपाल पत्रकार महासंघको पूर्वी मोरङ छुट्टै शाखा गठनको लागि पहल थाल्ने समेत निर्णय भएको छ । केही बर्ष अघिदेखि पथरीमा पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालय रहेको छ । सो कार्यालयको लागि जग्गा उपलब्ध गराउन पथरीशनिश्चरे नगरपालिकासँग माग गर्ने समेत निर्णय भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…