• माघ १७ पथरी।
    मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसको क्याम्पस प्रसाशनमा अनिश्चितकालिन तालाबन्दी भएको छ ।
    विहिवार २ अखिलले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनमा ताला लगाएका हुन् ।
    गत भदौ ५ गते विध्यार्थी संगठन,क्यामपस प्रशासन र स्ववियु को सहमतिमा प्रति टि–सर्ट ३७५ रुपैयका दरले ४५० विध्यार्थीका लागि टि–सर्ट खरिद गर्ने सप्लार्यस दिपक लिम्वु सग भएको समझौता अनुसार तिहार अगाडीनै टि–सर्ट उपलव्ध हुनुपर्ने ढिलाई भएको र वाम्वार मौखिक सुझाव दिएता पनि क्याम्पस प्रशासन र स्वबीयु को नेतृत्वमा गठिन टि–सर्ट खरिद समितिले वेवस्था गरेको कारण यथा शिघ्र उपलव्ध गराउन दवाव दिन प्रशासनमा तालावन्दी गरेको २ अखिलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


    जारी विज्ञप्तीमा भनिएको छ – टि–सर्ट खरिदको क्रममा क्याम्पस प्रमुख र स्ववियु अध्यक्षको मिलेमतोमा अवैधानिक तवरले खरिद प्रकृया अगाडि वढाउदै सुनियोजित तरिकाले विध्यार्थीलाई समझौता पत्र नदीएको ले क्याम्पस प्रमुख र स्वाबियु अध्यक्षले टि–सर्ट खरिद प्रकृयामा घोटला गरेको उल्लेख गरिएको छ ।साथै आगामी माघ १९ गते सम्ममा टि–सर्ट उपलव्ध नभएमा जस्तो सुकै कदम चाल्न सक्ने चेतावनी समेत दिएको छ ।
    यता क्याम्पस प्रमुख चेतन पौडेल भने भएको सम्झौता अनुसार नै तिहार अगाडी टि–सर्ट क्याम्पसमा आएको तर त्यसको छपाईमा हिज्जे नमिलेका कारण सम्वधित व्याक्तिलाई फिर्ता पठाएको र अव केहि दिन भित्र सो सच्चिएर आउने वताउदा वताउदै पनि विध्यार्थीहरु आक्रोशित हुदै तालावन्दिमा उत्रेको र विध्यार्थीहरुले दिएको अल्टिमेटम भित्रनै सम्वधीत व्याक्ति सग समपर्क गरि टि–सर्ट उपलव्ध गराउने बाताए ।
    त्यस्तै सहायक क्याम्पस प्रमुख एवमं टिसर्ट खरिद समितिका सदस्य शान्तिराम तिम्सिनाले स्वबियु र क्याम्पसको पहलमा विधि सम्वत तरिकाले खरिद प्रकृया अगाडि बढाईएकोले खरिद प्रकृया अपादर्शी नभएको तर विध्यार्थी संगठनले झुठो आरोप लगाएको बताए ।
    जति सक्दो चाँडो टिसर्ट उपलब्ध गराउन खरिद कम्पनी सँग टिसर्ट उपलब्ध गराउने अन्तिम मिति तोक्न लगाउने र सो समयमा पनि उपलब्ध नगराएमा सम्झौता नै तोड्न माग गर्ने योजना मा खरिद समिति रहेको तिम्सिनाले बताएका छन् ।
    यता स्ववियु सभापति गोपाल कुमार साँवा ले तिहार अगाडी टि–सर्ट क्याम्पसमा आएको तर छपाईमा हिज्जे नमिलेका कारण सच्याउन सम्वधित व्याक्तिलाई फिर्ता गरेको र सो सच्चिने क्रममा रहेकाले सके विध्यार्थी संगठनले दिएको निर्धारित मितिमा र केहि समय लाग्ने भए आगामी एक साता भित्रमा टि–सर्ट को विषय टुङगो लगाउने उनले प्रतिवद्घता जाहेर गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…