• बाहुनडाँगी । मेचीनगर–३ डाँडागाउँमा जारी ‘प्रथम बलभद्र कप’ फुटवल प्रतियोगिता अन्तरगत बिहिवार चार खेल सम्पन्न भएको छ । विद्यालयको खेल मैदानमा भएको मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार बालसुवोधिनी आधारभूत विद्यालय दुवागढी, मेरीगोल्ड एजुकेशन फाउण्डेशन आमडाँगी, बालविकास आधारभूत निन्दा सिरान र होलिबेल अंग्रेजी स्कुल धुलावारी विजयी भएका छन् ।
    पहिलो खेलमा बालसुवोधिनीले कृष्ण आधारभूत विद्यालयलाई ३÷१ गोल अन्तरले हराएको थियो । जितका लागि बालसुबोधिनकिा तर्फबाट सुभाष राईले २ गोल र राजन विकले १ गोल गरेका थिए । कृष्णका तर्फबाट सलन राईले सान्तवना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बालसुबोधिनीका सुभाष राई भाए ।
    यसैगरी दोस्रो खेलमा मेरीगोल्डले ओसेनिक निर्भान अंग्रेजी स्कुललाई टाइब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमबाट १÷१ को बराबरी भएपछि निर्णका लागि टाइब्रेकरमा लगिएको थियो । खेलको म्यान अफ द म्याच मेरीगोल्डका गोलरक्षक सञ्जिव तामाङ भएका आयोजक समितिका सदस्य किरण राइले बताए ।
    यसैगरी तेस्रो खेलमा बालविकासले मेची जनसाधारण माविलाई १÷० को गोल अन्तरले पराजित गरेको छ । जितका लागि बालविकासका नितेश चाहारले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अर्जुन राई भए ।
    खेलको चौथो तथा अन्तिम खेलमा होलिबेलले आदर्श विद्या मन्दिर अंग्रेजी स्कुललाई ४÷१ को गोल अन्तरले पराजित गरेको छ । जितका लागि होलिबेलका पासाङ तामाङले २, रोजल तामाङ र युनिश उप्रेतीले १÷१ गोल गरेका थिए । आदर्शका तर्फबाट सुदर्शन सुनुवारले एक गोल गरे । खेलको म्यान अफ द म्याच आदर्श विद्या मन्दिरका सुदर्शन सुनुवार घोषित भए ।
    शुक्रवारको पहिलो खेल धुलावारी मावि र भानु मावि, दोस्रो खेल पारिजात पब्लिक स्कुल र मेरीगोल्ड एजुकेशन फाउण्डेशन, तेस्रो खेल हिमालयन इङ्लिस एकाडेमी र दोकानडाँडा बोडिङ स्कल तथा अन्तिम खेल जनज्योति आधारभूत र पवित्रा मावि बिच हुने आयोजक समितिका सदस्य हेमन्त बस्नेतले बताए । झापा जिल्लाकै सबै भन्दा धेरै विद्यालय सहभागि गराएर आयोजना गरिएको यस प्रतियोगितामा विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो पुरस्कार बहुवन सामुदायिक वन र दोस्रो पुरस्कार पाँचपोखरी सामुदायिक वनले प्रदान गरेको छ । प्रतियोगिताको फाइनल खेल माघ २५ गते हुनेछ । प्रतियोगितामा मेचीनगरका २२ वटा सामुदायिक र १८ वटा निजी विद्यालयहरुको सहभागिता रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…