• माघ १७,पथरी ।
    नगर खेलकुद विकास समितिको उद्धेश्य के हो बताइदिनुसन ?
    स्थानिय वडा,नगर र राष्ट्रको पहिचान बनाउन खेलकुदको पनि महत्वपूर्ण भुमिका रहन्छ । अहिले यति सानो देशबाट अन्तराष्ट्रिय खेलमा पनि सहभागि भइरहेका थुप्रै खेलाडी हरु छन् । यो एउटा उपलबधी हो । अझै राम्रा खेलाडि उत्पादन गर्ने हाम्रो उद्धेश्य हो । साथै ओझेलमा परेका खेलाडीहरुलाई नगरको गौरब बढाउने हिसाबले अझ शशक्त बनाउनु पनि हाम्रो उद्धेश्य हो ।
    नगर खेलकुद समितिले हालसम्म कस्ता–कस्ता कार्यक्रमहरु गर्यो ?
    हामिले अहिले सम्म खेलकुद सम्वन्धि विविध कार्यक्रमहरु गर्यौँ, वडा नं १ मा खुल्ला नकाउट फूटवल प्रतियोगिता, वडा नम्वर ४ मा तेक्वान्दो प्रतियोगिता साथै हामीले पथरीशनिश्चरे नगरपालिकाका सबै वडामा खेलकुद प्रतियोगिता गर्ने योजना वनाएका छौ र गर्छौ पनि ।
    अब कुन–कुन वडामा कस्ता कस्ता खेलकुद कार्यक्रम कार्यक्रम गर्ने योजना छ त ?
    अब हामी बाँकि रहेका वडाहरु वडा नं १ मा क्रिकेट, २ मा वडास्तरिय फूटबल, ८ मा जिल्ला स्तरिय महिला भलिवल, ७ मा अन्तर विध्यालय हाजिरीजवाफ ६ नंबरमा म्याराथुन दौड लगायत अन्य वाडामा पनि खेलकुदका योजना बनाउँदैछौँ ।
    वडाहरुमा खेलकुद सञ्चालन गर्दा कसरी छनौट गर्नुहुन्छ?
    नगर खेलकुद विकास समितिमा सबै वडाका कम्तिमा एक–एक जना प्रतिनिधि सदस्यहरु हुनुहुन्छ उहाँहरुले आफ्नो वडाको राय लिएर आएपछि खेलकुद कार्यक्रमको तय गरिन्छ ।
    आगामि योजना योजनाहरु के के छन त ?
    नगरका १० वटै वडाभरी रहेका विभिन्न खेलसम्बन्धि क्लबहरुलाई एकिकरण गर्ने हाम्रो योजना छ । खेलकुदमा अब्बल भएर पनि विभिन्न बाध्यात्मक परिस्थितिले बाहिरिएका खेलाडिहरुलाई एकत्रित गरेर पुन फर्काउने योजनामा छौँ । त्यस्तै १० वटै वाडाका खेलाडी भाइबहिनिहरुलाई खेलकुद सामग्री बितरण गर्नेछौँ जसले गर्दा उनिहरुप्रति थप हौसला प्राप्त होस र नगरको पनि पहिचानमा मद्धत पुगोस ।
    त्यसैगरि हाम्रा अग्रजहरुले शुरुवात गर्नुभएको पथरीशनिश्चरे गोल्डकपको तयारिमा पनि हामि जुटिरहेका छौँ । जसका लागि हामिले मैदान मर्मत गर्न सुरु गरिसकेका छौँ जसमा बैज्ञानिक तरिकावाट हरियो झार उमारि मैदानलाई अहिलेको जस्तो गिटिमै पनि खेल्नुपर्ने वाध्यताको अन्त्य गर्दै उत्तर दक्षिणको मैदान निर्माण गर्न हामीले सम्वन्धित निकायमा पहल शुरु गरिसकेका छौँ ।
    नगरमा खेलमैदानको अभाव टरेको छैन ? यसमा तपाईहरुको भुमिका कस्तो रहन्छ ?
    ठिक भन्नुभयो तपाइले, हाम्रो नगरमा मैदानको अभावनै छ नगरभरी कम्तिमा ५ वटा खेलको सबै भु–भाग समेटिने गरि ५ वटा ब्यवस्थित वहुउद्धेश्यिय कभर्डहल मैदान हुनुपर्दछ भनि हामीले माग र पहल गर्दै आइरहेका छौँ । जसमा एउटा क्रिकेट मैदान, कभर्ड हल, र पथरी रंगशाला निर्माणको लागि पहल गर्दैछौँ ।
    समितिलाई चुनौति तथा समस्याहरु चाहिँ कस्ता कस्ता छन् ?
    विशेषत. चुनौति र समस्याहरु हरेक ठाउँमा तथा कार्यमा हुने गर्दछ । हामिसँग योजना छ तर कहिलेकाहिँ योजना अनुसारको कार्य गर्न नसकिने पनि स्थिति आउँछ कार्यक्रमहरु सबै वडा र सबै खेललाई समेटेर लैजाने योजना छ । तर बजेटले सबै कार्यक्रम नधान्ने पनि स्थिति आउने डर छ । त्यस्तै मैदानको अभाब त झनै ठुलो समस्या भईगयो
    नगर खेलकुद समितिले के कस्ता उपलब्धिहरु हासिल गरेको छ त?
    विशेष त खेलकुद समितिले मात्र भन्दा पनि नगरले पनि उपलब्धि हासिल गरेको छ । हिजोको दिनमा खेलमा जुन सुसुप्त थियो आज त्यसको अन्त्य भएको छ । हिजोको दिनमा खेल भनेको एकाथलाई मात्र प्राथमिकतामा राखेर भनिन्थ्यो तर आज सबै खेललाई हामिले समेटेर लैजाने गरेका छौँ । खेलाडी उत्पादनलाई हामिले बिशेष ध्यान दिएका छौँ जसबाट नगरलाई समेत उपलब्धी हुनेछ ।
    अन्त्यमा केहि भन्नु छ?
    हामिले चाडै नै नगरकै गौरब पथरीशनिश्चरे गोल्डकपको तयारी गर्दैछौँ । अन्य खेलकुदको पनि विकास र उन्नति गर्न जोड्ले लागिरहेका छौँ । हिजो हाम्रा अग्रजहरु,अभिभावक,खेलप्रेमीले खेलकुद क्षेत्रलाई यहाँसम्म् ल्याउन जुन मेहनत गर्नुभयो वहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छौँ
    र ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भनाईलाई अवलम्वन गरि सम्पूर्ण युवाहरुलाई खेल क्षेत्रमा आउन र विकास गर्न अनुरोध गर्दछु ।
    प्रश्तुतिः प्रेमप्रसाद भट्राई

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…