• बाहुनडाँगी । पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले नेपाली राजनीतिक दललाई एक पद, एक व्यक्ति र एक कार्यकालको नियम लागू गर्न सुझाव दिएका छन् ।

    बालाजु जेसीसको तेस्रो पदस्थापन समारोहलाई सम्बोधन गर्दै मन्त्रिपरिषदका पूर्व अध्यक्ष समेत रहेका रेग्मीले जेसीजको जस्तै राजनीतिमा पनि एक पद, एक व्यक्ति र एकक कार्यकालको अवधारणा लागू गर्ने हो भने देशले विकासको गति लिने बताएका छन् ।
    ‘राजनीतिमा जेसीज अवधाराणा ल्याउने हो भने सबै कुरा ठिक हुन्छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रेग्मीले भने–‘जसले जति वर्ष मन लाग्यो त्यति नै वर्ष देशको नेतृत्व गरेकै कारण देशले विकासको गति लिन नसकेको हो । यदि एक वर्षे अवधीको कार्यकाल बनाउने हो भने उसले कुरा भन्दा पनि काम गर्ने गर्छ । यहाँ त नामका लागि मात्र पद भयो ।’
    रेग्मीले नेपालमा जेसीसले १८ देखि ४० सम्मका युवाहरुलाई उद्यमशील बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्नका लागि युवाहरुले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

    ‘जेसीजले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पुर्याउने, तालिम तथा प्रशिक्षण दिने र अन्य सिर्जनशील काम गर्नका लागि प्रेरक भूमिका खेलेको छ, युवालाई समक्ष बनाउने र विधिको शासन स्थापित गर्न जेसीजले स्मरणीय कार्य गरेको छ,’ रेग्मीले भने ।

    नेपाल जेसीजका सन् २०१८ का राष्ट्रिय महासचिव एवं बालाजु जेसीजका संस्थापक अध्यक्ष श्रीराम पौडेलले देश र जनताको हकहित र समृद्धिका लागि जेसीजले निरन्तर अभियान चलाइरहेको र बालाजु जेसीजले पनि सोही अनुरुपको योजनामा अघि बढिरहेको बताएका छन् । संस्थापक अध्यक्ष पौडेलले स्थापनाको छोटो समयमा नेपाल जेसीजको प्रतिनिधित्व गर्दे थुप्रै अनुभवहरु संगाल्ने अवसर पाएको बताउँदै यसलाई आफ्नो मातृ शाखाको विस्तारका लागि सदुपयोग गर्ने बताए । नेपाल जेसीजमा रहेर काम गर्दा आफ्नो कार्यकाल उत्कृष्ट र एतिहासिक वर्ष भएको बताउँदै कार्यक्रमका विशेष अतिथि समेत रहेका पौडेलले यसमा साथ र सहयोग गर्ने शाखाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । नेपाल जेसीजका निवर्तमान महासचिव पौडेलले वर्ष २०१८ बाट नेपाल जेसीजले नयाँ स्वरुप परिवर्तन गरेको बताउँदै यसलाई देशभरका शाखाहरुसँगको सहकार्यमा अझ प्रभावकारी बनाउँदै अन्तराष्ट्रिय जगतमा समेत नेपाल जेसीजको उत्कृष्ट छाप बनाउने बताए ।

    कार्यक्रममा शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरी पाण्डे, शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, शेषराज भटराई, राज गोपाली, दीपकराज भूषाल, कृष्णमान श्रेष्ठ, श्यामप्रसाद पौडेल, डिल्लीराम भट्टराई लगायतले जेसीज अभियानका महत्व र प्रगतिबारे टिप्पणी गरेका थिए ।
    कार्यक्रममा नेपाल जेसीजका महासचिब अभिषेक श्रेष्ठ, मातृ शाखा थानकोटका बर्ष २०१९ का अध्यक्ष राज गोपाली, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष मोहनलाल डाँगी, शाखाका पूर्ब अध्यक्ष दिपकराज भूषाल, बालाजु जेसीजका सल्लाहकार कृष्णमान श्रेष्ठ, नार्गाजुन केबलका संचालक श्याम प्रसाद पौडेल कान्तीपुर मिडिया ग्रुपका बाबुराम विश्वकर्मा, राष्ट्रिय समाचार समितिका सदस्य डिल्लीराम भट्रराईलगायतको सहभागिता रहेको थियो । नेपाल जेसीजले सुरु गरेको समय व्यवस्थापनलाई निरन्तरता दिँदै बालाजु जेसीजले पनि निर्धारित समयमा कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
    वर्ष २०१८ का अध्यक्ष गोविन्द खनालले वर्ष २०१९ का नव निर्वाचित अध्यक्ष महेन्द्र भण्डारीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए ।
    बालाजु जेसीजका लागि वर्ष २०१९ मा अध्यक्ष भण्डारीका नेतृत्वमा विभिन्न पदमा निर्वाचित तथा मनोनित गरी पूर्णता दिइएको छ । शाखाको कार्यकारीणी उपाध्यक्षमा केशवराज खनाल र, पर्वत पौडेल, उपाध्यक्षहरुमा शर्मिला भट्टराई, सिता भण्डारी, राधिका खत्री र मनिष अर्याल रहेका छन् । यसैगरी महासचिवमा दिपेन्द्र भट्टराई, कोषाध्यक्षमा सिता पाण्डे पौडेल, कानुनी सल्लाहकारमा राजन गुरुङ, सह कोषाध्यक्षमा श्यामबहादुर खनाल, प्रकरण निर्देशकमा अनिता पन्थ, सहसचिवमा सरिता भुषाल, तालिम निर्देशकमा रिमा अधिकारी, सञ्चार संयोजकमा भरत पाण्डे, कोष बृद्धि संयोजकमा अमितकुमार श्रेष्ठ, र आयटी कोर्डिनेटरमा सुरज विक रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…