• भद्रपुर १७ माघ । बन्दी विकास पुस्तकालय झापा कारागार शाखाको को २१ औ साधारण सभा तथा २२ औं बार्षिक उत्सव को अबसरमा सम्मान तथा बृहत साँगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
    हरेक वर्ष माघ १६ गते सहिद दिवसका दिन आयोजना गर्दै आएको कार्यक्रम अन्तरगत बुधवार राष्ट्रिय कलाकारहरुको टोलीले सांगितिक प्रस्तुती दिएका थिए । कारागारमा हुने सांगितिक कार्यक्रम हेर्नका लागि कारगारमा रहेका कैदीबन्दीका आफन्तहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रिय कलाकारहरु आस्था राउत, राजेजपायल राई, विनु शाक्य, रिया श्रेष्ठ, पुजा परियर, कविता सिवाकोटी लगाएतका कलाकारहरुको नृत्य तथा सांगितिक प्रस्तुती रहेको थियो । गायक राजेशपायल राई र आस्था राउतको गीतमा कैदीबन्दीहरु नाचेर मनोरञ्जन गरेका थिए ।
    कार्यक्रममा माग्ने बुढो र धुर्मुसको नक्कल गर्ने कलाकारहरु विक्रम धिमाल र विमल ढुङ्गेलले हांस्य व्याङ्गय प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए । साथै स्थानीय कलाकार तथा कैदीबन्दीहरुले समेत सांगितिक प्रस्तुती दिएका थिए ।
    पुस्तकालयको प्राङ्गण चन्द्रगढी कारागारमा सम्पन्न कार्यक्रममा पुस्तकालयलाई सहयोग पु¥याउने विभिन्न महानुवभाहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्राई, मेघराज बास्तोला, प्रकाश सिवाकोटी, केशब बस्नेत, अन्जना कडरिया, प्रमोद देवान, पत्रकार देबु बानियाँलगायत रहेका छन् । उनीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बसन्त बानिया, पुस्तकालयका अध्यक्ष मोहन धिताल, सचिव युवराज गिरीले प्रशंसा पत्र प्रदान गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि सांसद बानियाँले कारगारमा रहेको पुस्तकालयलाई नगद १ लाख प्रदान गर्ने घोषणा गरेका छन् । साथै उनले कारागारको विकासका लागि प्रदेश सांसद विकास कोष र स्थानीय सरकारबाट सहयोग गरेर नमुना कारागारका रुपमा विकास गरेर जाने बताएका छन् । उनले कारगारभित्र उत्पादन भएका वस्तुहरुको बजारीकरणका लागि पनि स्थानीय सरकारसँग समन्वय अघि बढ्ने बताए ।
    पुस्तकालयका अध्यक्ष मोहन धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकालयका सचिव युवराज गिरीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
    यसैगरी, वन्दी विकास पुस्तकालयको स्थापना दिवसको अवसरमा आयोजित विभिद खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । पुस्ताकलयको स्थापना दिवसमा कारागारमा एक महिनादेखि विभिन्न खेलकुद तथा प्रतियोगिताहरु सञ्चालन गरिएको थियो । जसमा फुटबल, भलिबल, क्रिकेट, क्यारेमबोर्ड, चेस, व्याटमिन्टनलगायतका खेलहरुको आयोजना गरिएको थियो । विभिन्न खेलमा विजेता हुने खेलाडी तथा टिमलाई सोही समारोहमा पुरस्कृत गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि बानिया ,प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, जेलर राजु दाहाल लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन अमि विष्ट र चर्चित ढुङ्गगेलले संयुक्त रुपमा गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…