• काठमाडाैँ । एनसेलले राज्यलाई ७२ अर्ब कर नतिरेको भन्दै अखिल क्रानितकारी रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

    रुपन्देहीको मुर्गियास्थित मुर्गियाचोकमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश गैरेले ऐनसेलले नेपालमा कर नतिरे ७७ बटै जिल्लामा रहेका ऐनसेल टावर ध्बस्त पार्ने चेताबनी दिदै ५५ बटै जिल्लामा जनकार्यबाही पहिले पनि भएको र अब पनि नेपाल सरकारलाई तिर्नु पर्ने कर ७२ अर्ब नतिरे त्यसको हिसाब किताब छिटै नै हुने बताए ।

    उनले जनताले मकै बेच्दा, बाख्रा र भैसी बेच्दा कर उठाउँने तर एनसेलले नतिर्दा पनि हुने रु यस्तो हामीलाई सह्य छैन, तत्कालको करको दायरामा ल्याईयोस नत्र परिणाम राम्रो आउँदैन ।

    त्यस्तै संगठनका उपाध्यक्ष गोपाल रोक्काले एनसेलसँग नेताहरुले चुनावखर्च लिएर कर नदिने सम्झौता गरेको भन्दै एनसेलसँगै चुनाव खर्च उठाएका नेताहरुलाई पनि कारबाही गर्ने चेतावनी दिए । संगठनका जिल्ला सदस्य पारस रहादी मगरले सञ्चालन गरेको कार्यक्रममा झण्डै २ सय विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    यसैगरी, नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय कार्यक्रम अनुसार ऐनसेलको कर छलीको विषयलाई लिएर विहीबार अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा विरोध सभा सम्पन्न गरेको छ ।

    विरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका विद्यार्थी नेता नविन खड्काले ऐनसेलले नेपालमा कर नतिरे ७७ बटै जिल्लामा रहेका ऐनसेल टावर ध्बस्त पार्ने चेताबनी दिदै ५५ बटै जिल्लामा जनकार्यबाही पहिले पनि भएको र अब पनि नेपाल सरकारलाई तिर्नु पर्ने कर ७२ अर्ब नतिरे त्यसको हिसाब किताब छिटै नै हुने बताउदै अखिल क्रान्तिकारीले सिमानामा लगाएको काँडे तार सरकारले भत्काउनु दुःखद भएको बताउँदै देशको रक्षाकोलागि सम्पूर्ण मुक्तिगामी प्रगतिशील बिद्यार्थी एक हुनुपर्ने बताएका थिए भने कार्यक्रम सञ्चालन जिल्ला अध्यक्ष विष्णु राउतले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…