• बुटवल । सन् १९७४ मा बुटवल नगरीमा स्थापित, पुराना र पाका पुर्व अध्यक्षहरुको योगदानको कारण युवाहरुको ढुकढुकी बन्न सफल भएको संस्था हो बुटवल जेसीज । युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा समर्पित बुटवल जेसीजले वर्ष २०१९ को लागि शालिन, इमान्दार र जेसीज अभियानमा सक्रिय प्रतिभाशालि युवालाई अध्यक्षको रुपमा पाएको छ । बुटवल जेसीजको ४४ औं शाखा अधिवेशनबाट बुटवल जेसीजको अध्यक्षमा जेसी नरदेव न्यौपाने निवार्चित हुनुभएको छ ।अधिवेशनको उद्घाटन कांग्रेस नेता मिलेन्द्र रिजालले गर्नु भएको थियो ।
    को हुन त न्यौपाने ?
    विक्रम संम्वत २०३८ साल कार्तिक २८ गते पश्चिम नवलपरासीको सुस्ता २ महलवारीमा पिता चेतनारायण न्यौपाने र माता कला न्यौपानेको जेष्ठ सुपुत्रको रुपमा बुटवल जेसीजका नव निवार्चित अध्यक्ष नरदेव न्यौपानेको जन्म भएको हो ।
    महलवारीमै रहेको राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसि उत्तिर्ण गर्नु भएका न्यौपानेले त्रिभुवन बुहमुखी क्याम्पस पाल्पाबाट उच्च शिक्षा, पृृथ्वी नारायण क्याम्पसबाट विए पास गर्नु भएको छ भने त्रिभुवन बहुमुखी क्याम्पसबाट अर्थशात्रमा एमए उर्तिण गर्नु भएको छ ।
    आत्मिय ब्यवहार र सकारत्मक सोचले सुसज्जित उहाँ युवा अवस्थामै ब्यवशायिक जिवनमा प्रवेश गर्नुभयो, सिदार्थ क्यानलको सञ्चालन र बुटवल इन्भेष्टमेन्ट कम्पनिको ब्यवस्थापनमा नेतृत्व लिदैं हाल शिखर अटो टेड्रसको सञ्चालन गरिरहुन भएको छ । बुटवललाई कर्मथलो बनाएर विगत १५ वर्ष देखि सपरिवार बुटवलमा बसोवास गर्दै आउनु भएका उहाँ दर्जन भन्दा बढि ब्यवशायिक तथा सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।
    बुटवल जेसीजमा सन् २०१३ मा प्रवेश गरी उहाँले २०१५ मा ग्रोथ चियर मेन, २०१६ मा कोषाध्यक्ष, २०१७ मा शाखा सम्पादक २०१८ मा कार्यकारिणी उपाध्यक्ष पदमा रहेर कुशलता पुर्वक कार्य सम्पादन गर्नु भएको छ भने नेपाल जेसीजका क्षेत्रिय सम्मेलन तथा राष्ट्रिय कार्यक्रमहरुमा सक्रियताका साथ सहभागिता जनाउनु भएको छ । नेपाल जेसीजले आयोजना गरेका तालिमहरुबाट खारिने अवसर पाउनु भएका न्यौपाने जेसीआई नेपाल एकेडेमी २०१८ बाट दिक्षित हुनहुन्छ ।
    ‘हाम्रो भविश्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ’ भन्ने कुरामा विश्वास राख्ने न्यौपानेले बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहबाट कार्यभार सम्हाल्नु भएको हो ।


    के छ त वर्ष २०१९ को योजना
    बुटवल जेसीज वर्ष २०१९ को नेतृत्व सम्हाले लगत्तै न्यौपानेले आफ्ना केही योजनाहरु अघि सार्नु भएको छ । युवाहरुलाई सक्षम र सवल बनाउन अन्तराष्ट्रिय स्तरको तालिम रुपन्देहीमा भित्राउने उहाँले सुनाउनु भयो । जेसीआई गोरखपुरसंगको सहकार्यमा २०१८ मा पनि अन्तराष्ट्रिय स्तरको तालिम रुपन्देहीमा सम्पन्न भएको थियो ।
    ‘विशेष गरि वर्ष २०१९ मा युवाहरुलाई सक्रिय नागरिकको रुपमा जिवन जिउन प्रेरित गर्ने कार्यक्रमहरु तय गरेको छु’ उहाँले थप्नु भयो– ‘हामीले धेरै तालिमहरु लियौं र दियौं अब नतिजाको बेला आएको छ । जेसीजमा सिकेका कुराहरु इमान्दारिताका साथ समाजमा लागु गर्न ढिला गर्नु हुन्न ।’
    यस्तै न्यौपानेले आफ्नो कार्यकालमा पुराना राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिदैं यो वर्ष बुटवल जेसीजले बहुशाखा तालिम गर्ने लक्ष्य लिएको बताउनु भयो । यस्तै नेपाल जेसीजले प्रदान गर्ने जिम्मेवारी र आयोजना गर्ने कार्यक्रम तथा तालिमलाई सभ्य र भब्य रुपमा सफल बनाउन वर्ष भरी सक्रिय रहने उहाँको प्रतिवद्धता छ ।
    गैर जेसीज सदस्यलाई लक्षित गरि विभिन्न तालिम, जेसीआई बुटवल एकेडेमी २०१९, रेडियोमा जेसीज आवाजको निरन्तरता, ब्यवशायिक सफलता सम्बन्धि अन्तरक्रिया, समुदायको लागि सहकार्य, समुदायमा शान्ति स्थापनाको लागि लगाएतका विशेष कार्यक्रमहरु वर्ष २०१९ मा सम्पन्न गर्ने न्यौपानेको योजना छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…