• रातोकलम अनलाइन,
    क्वालालम्पुर , माघ-१८

    मलेसियाको जोहोर राज्यमा पर्ने देसा च्याम्बरल्यान्ड भन्ने स्थानमा एक नेपालीको मृत अवस्थामा शब फेला परेको छ । जोहोरबारु स्थित नेपाल मगर संघ क्षेत्रीय समितिका बरिष्ठ उपाध्यक्ष खेम थापा मगरले दिएको जानकारी अनुसार शुक्रबार बिहान रातको ड्युटी सकेर कोठा तर्फ जाँदै गर्दा नजिकै धेरै मानिसको भिड देखे पछी के भएको रहेछ? भनेर बुझ्न जॉंदा नेपालीको मृत शब रेहको बताए।

    मृतकको घर सिन्धुली रहेको छ।भने दिनेश माझी नाम भएको खुलेको छ । माझी बिहिवार राती कामबाट फर्केर आफ्नो साथीहरु संग मदीरा पिरहेका थिए।मदिराको निक्कै मात लागेपछि साथीहरुले होस्टल लगेर छाडी दिएका थिए।तर पछि मृतक भने नजिकैको महिला कामदारहरु बस्ने लेडिज होस्टलमा गएको सहकर्मी साथिहरुले बताएका छन।सबको प्रबित्ती हेर्दा घाटीमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ। टाउकोमा पनि गम्भीर चोट देखिएको छ।

    झट्ट हेर्दा उच्च स्थानबाट खसेर टाउको भुइमा बजारिदा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यक दिनेश माझी उचाईबाट आफै झरे वा कसैले झारे भन्ने बारे पुष्टी हुन सकेको छैन् । घटना स्थलमा निकै ढिलो स्थानीय प्रहरी पुगे पछि मृत सबलाई पोष्टमार्टमका लागी हस्पिटल लगीएको हो । घटना बारे सोधपुछ र अनुसन्धान गरिरहेको श्रोताले जानकारी दिएको छ।मृतक माझी नेपाल आइडल सिजन-१ मा काठमाडौ वाट पहिलोपटक अडिसनमा सहभागी भएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…