• कुमार खड्का  पथरी । “मेरो सुविधा कटाई देउ नगर बाट फुसको छानो हटाईदेउ”–अभियान लेटाङ नगरपालिकामा आज (शुक्रवार) बाट औपचारिक रुपमा थानली गरिएको छ ।
    मोरङको उत्तरी नगरपालिका लेटाङ नगरपालिकाले अति विपन्न समुदायको पहिचान गरि जस्ता पाता वितरण गरेको छ । नगरपालिकाको समुदाय लक्षित कार्यक्रम अन्र्तगत नगरलाई समृद्घ नगरका रुपमा विकाश गराउने लक्ष्यका साथ प्रत्येक वडाका वडा अध्यक्षको सहकार्यमा नगरका ९ वटा वडा ७० घरधुरी परिवारलाई प्रति परिवार ३५ हजार मुल्य वरावरको २४ लाख ५० हजार कोे रंगिन जस्ता पाता वितरण गरिएको हो ।


    गत वर्षको १० लाख चालु आर्थिक वर्षको २० लाख र नगरपालिकाले गाडी किन्न छुट्एको ६२ लाख रुपैया मध्ये गत वर्षको र चालु आर्थिक वर्षको रकम वाट जस्तापाता खरिद गरि वितरण गरिएको हो ।
    “मेरो सुविधा कटाई देउ नगर वाट फुसको छानो हटाईदेउ” भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता दिन नगर कार्यपालिकाले सुविधा भोगी भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपनालाई सार्थक तुल्याउन सवैको सहमतिमा यो अभियानलाई अगाडी लैजाने निर्णय गर्दै अति विपन्न समुदायको पहिचान गरि जस्तापाता वितरण अभियानको थालनी गरिएको हो ।
    लेटाङ नगपालिकाको ७० प्रतिशत भु–भाग दुर्गम र ३० प्रतिशत मात्र सुगम रहेको र आर्थिक रुपले नगरमा समपन्नता भन्दा पनि अधिकाश जनसंख्या रोजीरोटिमा जिवीका पार्जन गर्ने भएको हुनाले घर निर्माण भन्दा पनि दैनिकी गर्जो टार्न परिश्रम गर्नेको वाहुल्यता रहेको नगरमा नगर प्रमुखको यो सोच र सपनाले अधिकाश जनताले स्थानिय सरकार भएको प्रत्याभुति गर्न पाउने गरि भएको नगरकै गौरवको अभियानको रुपमा रहेको नगर प्रमुखको अभियानलाई उप–प्रमुख कृष्ण कुमारी निरौलाले खुलेरै प्रशंसा गरिन ।
    देश संघियता मा गए सगै विगत १ वर्ष भन्दा अगाडी आएका जन प्रतिनिधि हरुले जनताको सेवा गर्ने भन्दै महगा र बिलासिताका गाडी खरिद गरिरहेको अवस्थामा प्रुमख राईले आफुले पाएको सुविधाको उपभोग नगरी जनताको फुसको छानो हटाउने अभियानमा आफु लागि परेको नगर प्रमुख शंकर राईले बताए ।


    नगर लाई समुद्घ नगरका रुपमा विकाश गराउने अफ्नो दिवा सपना भएकाले सो पुरा गर्न आफु सेवा भोगी भन्दा पनि जनमुखी कार्यक्रम आगामी दिनहरुमा ल्याउन प्रयत्नरत रहेकाले सवैको सल्लाह सुझावको अपेक्षा समेत राखेको आयोजीत कार्यक्रममा राईले सुनाए ।
    एक फरक प्रशंगमा राईले लेटाङ नगरपालिका भौगोलिक रुपमा मोरङकै विकट नगरपालिका भएको हुनाले र पानीका स्रोतहरु पनि कम भएको कारण निकट भविष्यमा आउन सक्ने दैवि प्रकोप (आगलागी) लाई दृष्टिगत गर्दै नगर बासीहरुको धन जनको रक्षा गर्नका लागि मोरङका अन्य नजिका पालिका हरु सग सम्वन्य गरि बारुण यन्त्रको समेत व्यावस्थापन गर्ने आफ्नो सोच रहेको उनले वताए ।
    सवै स्थानिय तहहरुमा २÷४ वटा गाडी भएतापनि लेटाङ नगरपालिकमा भने अहिले सम्म एउटा मात्र गाडी रहेको र गाडीका लागी विनियोजिीत रकम नगरप्रमुखको आग्रहमा कार्यपालिकाले निर्णय गरि फुसको छानो हटाउने प्रमुखको अभियानलाई अत्मसाथ गर्दै आफ्नै कार्यकालमा नगरका विपन्न वर्गका सवै समुदायको फ्ुसको छानो हटाउने प्रमुखको अभियानमा साथ दिएर सवै प्रतिनिधि हरुले नगरलाई नमुना नगरको रुपमा अगाडी बढाउन साथ दिएकोमा नगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईले सवै जनप्रतिनिधिलाई उदाहरणीय काममा लाग्न प्रेरण मिल्दै जाओस भन्दै शुभकामना व्यक्त गरेका छन् ।
    कार्यक्रममा उपस्थित उध्योग वाणीज्य संघ लेटाङका अध्यक्ष भिम प्रसाद ज्ञावलीले नगरले गरेको काम नगरको ईतिहासमै गौरवको विषय भएको र आगमी दिनमा नगरपालिकाले भुमि विहिन हरुको समस्याको समाधान गर्न पहल गर्न सके सुनमा सुग्न्ध हुने सल्लाह उनले आयोजित कार्यक्रमा राखेका छन् ।
    त्यस्तै समग्र वडाको प्रतिनिधित्व गर्दै प्रतिनिधि पात्रको रुपमा ३ का वडा अध्यक्ष देव राज चाम्लीङलले नगर प्रमुखको अभियान समग्र जनताले अनुभुति गर्न सक्ने खालको भएको भन्दै प्रशसा गरेका छन् ।


    त्यस्तै गरि सामुदायिक वन महासघ प्रदेश नम्वर १ का सचिव अग्नि पौडेलले नगरले जस्ता वितरण गरेको कार्य मोरङमै नमुना कार्यरुपमा सुरुवात भएको वताउदै नगपालिका क्षेत्रमा रहेका सामुदायिक वनका प्रमुख हरुलाई नगरले दिएको जस्ता पाताको छानो लगाउन नगरको अभियानमा साथ दिदै आफ्ना उपभोक्ता हरुलाई सहुलियत रुपमा काठ दिएर सहयोग गरिदिन आग्रह गरेका छन् ।
    नगरपालिका परिसरमा आयोजित कार्यक्रममा दृष्टिविन मान बहादुर सुर्य मगर लाई नगर प्रमुख शंकर राईले जस्तापाता वितरण गरि अभियानको थालनी गरेका हुन । आगामी वर्ष सम्ममा नगरका ४ सय २५ घरपरिवारलाई जस्ता पता वितरण गर्ने योजना समेत रहेको कार्यक्रममा बताईएको छ ।
    ४ सय २५ घरपरिवारलाई अहिलेको अनुपातमा रकम विनीयोजन गर्ने हो भने १ करोड ५० लाख भन्दा बढि रकमको अवश्यता पर्ने भएको हुनाले अहिले वितरण गरेर रहेको रकम र अन्य आउदा वर्षहरुवाट विनियोजित रकम वाट भागवन्डा गरि अभियान सफल वनाईने योजना रहेको कार्यक्रममा जानकारी दिएको छ ।
    वितरण कार्यक्रमलाई पारर्दशी वनाउनका लागि नगरपालिकाले स्थानिय वडा हरुको सम्वन्यमा ५ सुत्रिय आधार पत्रको निर्माण गरि अहिले ७० घरपरिवारको छनौट गरको हो ।
    आधार पत्रमा ५ बर्ष सम्म लगातार फुसको छानामा वसोवास गर्दै आएको, बालबालिका हरुलाई विध्यालयमा अनिवार्य रुपमा भर्ना गराएको, स्थायि रुपमा वसोवास गरेको, अनिवार्य रुपमा नेपाली नागरिता भएको लगाएतका ५ सुत्रिय आधार पत्रको आधारमा जस्ता वितरण कार्य गरिएको बताईएको छ ।
    वितरण पश्चात कम्तिमा पनि ३ महिनाको अवधी भित्र छाना लागाई सक्नु पर्ने र विभिन्न प्राविधिक कारणले छाना लगाउन असर्मथ भएको खण्डमा सम्वधित वडामा जानकारी गराउनु पर्ने प्रावधान समेत रहेको छ ।
    यदि कसैले प्राप्त जस्ता पाताको दुरुपयोग गरेको पाईएमा आगमी दिनमा नगरपालिका वाट दिईने समपूर्ण सेवा सुविधा समेत वञ्चीत गरि कार्वाहि समेत गरिने आयोजित कार्यक्रममा सुझावका रुपमा प्रस्तुत गरिएको थियो ।
    कार्यक्रममा स्थानिय राजनैतिकदलका प्रतिनिधिहरु, समाजसेवी, उध्योगी व्यावसायी तथा स्थानियको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम नगर प्रमुख राईको सभापतित्वमा शुक्रवार सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…