• मेचीनगर । बलभद्र आधारभूत विद्यालयको आयोजनमा मेचीनगर–३ डाँडा गाउँमा जारी ‘प्रथम बलभद्रप कप’ मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तगरत शुक्रबार भएको खेलमा धुलावारी मावि, दोकानडाँडा बोर्डिङ स्कुल, पारिजात पब्लिक स्कुल, जनज्योती आधारभूत र इष्ट होराइजन स्कुल विजयी भएका छन् ।
    शुक्रवारको पहिलो खेलमा धुलावारी माविले भानु मावि भुकृटीलाई १÷० गोल अन्तरले पराजित गरेको छ । जितको लागि खेलको म्यान अफ द म्याच धुलावारीका चिन्टु महतो निर्णायक गोल गरेका थिए ।
    दोस्रो खेलमा मेरीगोल्ड एजुकेशन फाउण्डेशनलाई टाइब्रेकरमा ४÷३ को गोल अन्तरले परािजत गर्दै पारिजात पब्लिक स्कुल विजयी भएको छ । निर्धारित समयमा २÷२ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । खेलको खेलको म्यान अफ द म्याच पारिजातका गोल किपर मनिस गिरी घोषित भएका आयोजक समितिका सदस्य दिपेश दाशले बताए ।।
    त्यस्तै, तेस्रो खेलमा दोकानडाँडा बोर्डिङ स्कुलले हिमालयन इङ्लिस एकाडेमी धुलावारीलाई टाईब्रेकरमा ५÷४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि निर्णका लागि टाइब्रेकरमा लगिएको थियो । खेलको म्यान अफ द म्याच दोकानडाँडाका गोलरक्षक क्षितिज सुब्बा भए ।
    त्यस्तै, चौथो खेलमा जनज्योती आधारभूत विद्यालयले पवित्रा मावि तिरिङलाई ४÷० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जितका लागि जनज्योतिका मुकेश कुमार चौधरीले २, मानबहादुर बिक र समिर धिमालले १÷१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पवित्रा माविका अनमोल दाहाल भए । 
    यसैगरी अन्तिम खेलमा इष्ट होराइजनले हिमालयन अंग्रेजी मावि खुट्टेडाागीलाई ४÷० गोल अन्तरले पराजित गरेको छ । जितका लागि अरुण मेचेले २, अबिनास चौधरी र निरज कार्कीले १÷१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमका अरुण मेचे भएका आयोजक समितिका सदस्य किरण राईले बताए ।
    प्रतियोगिता अन्तरगत आइतवार तीन खेल हुनेछन् । पहिलो खेलमा बालसुवोधिनी आधारभूत विद्यालय र काकरभिट्टा मावि, दोस्रो खेलमा अरुणोदय अंग्रेजी स्कुल र कन्भेन्ट वोर्डिङ स्कुल र अन्तिम खेलमा पशुपति मावि र ज्यामिरगढी माविबिच प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य दिपेश दाशले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…