• सृजन घिमिरे ।

    माघ १८, चितवन । नारी सुरक्षा र सम्मानका लागि ‘मिसन साहसी’ राष्ट्रव्यापी अभियान चितवनको भरतपुरमा सम्पन्न भएको छ । प्राज्ञिक बिद्यार्थी परिषद भरतपुर महानगर इकाइको आयोजनामा भरतपुरको गेष्ट हाउस चौरमा आयोजित समापन कार्यक्रममा महानगर भरिका १२ वटा बिद्यालयका १ हजार छात्राहरूको सहभगिता रहेको थियो । किशोरीहरु माथी हुने हिंसाविरुद्ध चेतना फैलाउदै त्यस विरुद्ध लड्ने साहस जागृत गर्न एकहप्ता भरी भरतपुरका ३५ वटा बिद्यालयमा पुगी छात्राहरुलाई प्रशिक्षण दिइएको अभियानकी संयोजक पुजा भुसालले जानकारी दिनुभयो । यो अभियानको अन्त्य भएपनि महिला हिंसाविरूद्धका विभिन्न चेतनामूलक कार्यहरू भने जारी रहने परिषदले बताएको छ । कार्यक्रममा बोल्दै इकाई अध्यक्ष प्रेम बस्यालले पछिल्लो समय महिला हिंसाका घटनाहरु बृद्धि भैरहेकाले किशोरीहरुमा भएको वातावरण बढेको भन्दै आत्मबल बढाएर आत्मरक्षाका लागि सक्षम बनाउनु अभियाको उदेश्य रहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अभियान सान्दर्भिक र उदाहरणीय रहेको धारणा राख्नुभयो ।
    अभियान अवधिभर कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई उनीहरूमाथि हुन सक्ने दुर्व्यवहार र त्यसका संकेतहरूका बारेमा अवगत गराइनुका साथै आक्रमणबाट बच्न सीपमूलक प्रशिक्षण पनि प्रदान गरिएको थियो । परिषद्ले गत पौष २३ गते देखि २९ गतेसम्म वीरेन्द्र क्याम्पस चौरमा विभिन्न विद्यालय र क्याम्पसका प्रतिनिधि छात्राहरूलाई प्रशिक्षकको प्रशिक्षण दिएको थियो । सोही प्रशिक्षणबाट छानिएका १०० छात्राहरूले अन्य छात्राहरूलाई प्रशिक्षण दिएका हुन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका ४ जना प्रहरी जवानहरुले पहिलो चरणमा प्रशिक्षकका लागि प्रशिक्षण दिएको परिसदका केन्द्रिय सदस्य बिपिन कडेलले जानकारी दिनुभयो । पूर्वी नवलपरासीको गैंडाकोटबाट सुरु भएको राष्ट्रव्यापी अभियान हाल भैरहवा, काठमाडौ, पोखरा, बिरगंजमा संचालित रहेको बताउदै परिसद्का रास्ट्रीय सह संगठन सचीव रमेश कडेलले देशैभरी लैजाने योजना रहेको जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…