• काठमाडौं । कामना सेवा बिकास बैंकको बित्तीय अवस्था खस्किन थालेको छ । बैंकको चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरणलाई हेर्दा नाफा खासै बढ्नै सकेको छैन ।

    बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा जम्मा १३ करोड ८२ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ जबकी गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा १३ करोड ६० लाख १७ हजार रुपैयाँ रहेको थियो ।

    हाल चुक्ता पुंजी दुुई अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १७ अर्ब २७ करोड ८५ लाख ९० हजार रुपैयाँ निक्षेप संंकलन गरी १५ अर्ब ७४ करोड ३९ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३७ करोड ८४ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दसमलव ६७ प्रतिसत रहेको छ ।

    गत आवको सोही अवधिमा बैंकले १३ अर्ब ८७ कारेड ४२ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ३९ करोड ११ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ८७ लाख ५७ हजार रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात दुुई दसमलव १३ प्रतिसत रहेको थियो ।

    सर्रसर्ती हेर्दा बैंकको बित्तीय अवस्था खस्किएको देखिएको छ । बैंकले नाफा बढाउनको लागि स्प्रेड दर बढाएको देखिएको छ भने खराव कर्जामा खासै सुधार आउन सकेको छैन । यसैगरी बैंकले घरजग्गा क्षेत्रमा उच्च अनुुपातमा कर्जा प्रवाह गर्दा संभावित जोखिम व्यवस्थापन रकम पनि उच्च देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…