• प्रस्तावित धनकुटा लेडी जेसीजले ग¥यो राष्ट्रिय पदाधिकारीलाई स्वागत सम्मान
    बाहुनडाँगी । प्रस्तावित धनकुटा लेडी जेसीजले नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
    शनिवार धनकुटामा आयोजित एक कार्यक्रमकाबिच नेपाल जेसीज वर्ष २०१९ का लागि निर्वाचित भइ क्षेत्र ‘क’ का लागि निरुपित कार्यकारीणी उपाध्यक्ष बन्नु भएका सिनेटर रविन पोखरेल, निरुपित राष्ट्रिय उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिश ढकाललाई धनकुटा लेडी जेसीजले स्वागत तथा सम्मान गरेको थियो । राष्ट्रिय पदाधिकारीमा निर्वाचित भएपछि पहिलो पटक धनकुटा पुगेको नेपाल जेसीजको टोलीलाई सम्मान गर्न पाउँदा शाखा पदाधिकारीहरु थप उत्साहित भएको शाखा अध्यक्ष प्रमिशा श्रेष्ठले बताउनु भयो । उनीहरुलाई धनकुटाको पहिचान तङ्वाको आकृति भएको मायाको चिनो समेत प्रदान गरिएको थियो । धनकुटा पुगेको राष्ट्रिय पदाधिकारीहरुको टोलीले स्थापनाको छोटो समयमा धनकुटा क्षेत्रमा यस शाखाले पुर्याएको योगदानको चर्चा गर्दै निरन्तर समाज सेवामा लाग्न आग्रह गरेका थिए । साथै आगामी वर्षमा यस शाखाले नेपाल जेसीजबाट अनुबन्धन गर्ने कुरामा सबै एक भएर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
    शाखा अध्यक्ष प्रमिशा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष विमला न्यौपानेले गरेक िथिइन् भने सचिव कला राईले सञ्चालन गरेकी थिइन् ।
















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…