• समाजसेवी कृष्ण कार्कीले २० लाख मा १० घर बाढीपीडितलाई दिने अन्तिम तयारी भएको छ । पुर्वी माेरङकाे रतुवामाई नगरपालिका वडा नम्बर ३ मा गत असारमा भिषण वर्ष संगै अाएकाे बाढीले २१ घर बगरमा परिणत भएको थियोे ।

    बाढीबाट विस्थापित पुर्ण सुकुम्बासी भएको भाैतिक सम्पत्ति समेत नभएको कारणले अन्यत्र ब्यक्तिकाे घरमा शरण लिन बाध्य भएको हुनाले २० लाख भन्दा बढी ब्यक्तिगत लगानीमा १० घर तयारी भएको विश्व उल्टो माेटरसाईकल यात्री बस्ती संयाेजक चित्रकुमार कार्कीले बताएका छन् । समाजसेवी कार्कीले देशका विभिन्न भुभागमा सहयोग गर्दै अाएका छन् ।

    विगत लामो समय देखिन कामको सिलसिलामा जापानमा रहदै अाएका कार्कीले देशका गरिब असाहय अशक्त लाई अझै सहयोग गर्ने इच्छा भएको समेत जनाएका छन् ।

    इन्जिनियर चुडामणिा कार्कीको डिजाइन र संयाेजक चित्रकुमार कार्कीले यो जाडो भित्र घर हस्तान्तरण गरेर पाल र घर भाडा मुक्त गर्ने बताएका छन् । गत मंसिर २१ गते नेपाली सेनाका प्रधान सेनापती रुक्मांगत कटवाल रतुवामाई नगरपालिका मेयर रविन राई काे सयुक्त बाहुली बाट शिलान्यास भएको थियोे ।

    बस्ती निर्माण भए पश्चात् दैनिक सयौं समाजिक संघ संस्था का ब्यक्ति हेर्न भिड लाग्ने गरेको छ । अवलोकन पश्चात् बस्तीले मुहार फेरेको प्रतिक्रिया दिने गरेका छन् । बस्ती निर्माण पूरा भए पनि हस्तान्तरण कार्यक्रम बाकी रहेको चाडै गरिने संयाेजक कार्कीले बताएका छन्

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…