• माघ २०, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ ।
    उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ ।
    केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज,बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ । यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ ।
    काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ ।

    घट्टेकुलो बस्तै आएकी पुनमदेवी रावल शुक्रबार धारामा खानेपानी आउँछ भनेर घरमा बसिरहेकी थिइन् । उनले पानी भर्नका लागि घरमा भएका सबै भाडा खाली गरेर राखेकी थिइन् । साँझको ४ बजेको थियो । सबैको घरमा पानी तान्ने मेसिन चल्न थालेपछि उनले पनि मेसिनबाट पानी तान्न थालिन् । धारामा पानीको साटो साबुनको फिजसँगै ढल आएपछि उनी आजित भइन् ।
    उनले राजधानीसँग भनिन्, ‘महिनाको चार दिन धारामा पानी आउँछ, त्यो पनि ढल मिसिएर उफ १ के गर्ने हो ।’
    उनले धारामा पानीभन्दा धेरै ढल मिसिएर आउन थालेपछि आफूहरुले राम्ररी पानीसमेत पिउन नपाएको गुनासो गरिन् ।
    । ‘सरकारलाई पानीको बिल तिरेर पनि के गर्नु पानी नै खान पाइँदैन्, पानी आउँछ उल्टो ढलसहितको । बिरामी नै भएर मरिन्छ कि जस्तो भइसक्यो,’ पुनले भनिन् ।
    ‘खै जनताका लागि सरकार त मरेजस्तो छ । न जनताले सफा पानी खान पाएका छन् न त गुणस्तर खाना’ उनले गुनासो गर्दै भनिन् ।

    यस्तै, मैतिदेवीमा बस्तै आएकी टंकु खड्का पनि खानेपानीमा ढल मिसिएर आउन थालेपछि आजित बनेकी छन् । दुई साताको एकपटक पानी आउँछ त्यो पनि ढल मिसिएर कसरी खाने रु उनको प्रश्न छ । ‘खानेपानीका लागि भनेर सरकारलाई महिनामा १२ सय बुझाउनुपर्छ तर धारामा पानी होइन ढल आउँछ,’ उनले भनिन् ।

    हैजा, आउ र पखालाले पेटमा संक्रमण हुन सक्ने

    चिकित्सकहरूका अनुसार स्वस्थ्य रहन कम्तीमा दैनिक ३ लिटर पानी पिउनुपर्छ । नेपालको संविधान २०७२ को मौलिक हकमा सबै नेपालीले स्वस्थ्य भएर बाँच्न पाउने प्रावधान राखिएको छ तर सकारकारले नै वितरण गर्ने पानीमा ढल मिसिएर आएपछि उपभोक्ताले संविधानको मौलिक हकको प्रावधानमाथि नै प्रश्न उठाएका छन् । वरिष्ठ फिजिसियन तथा क्षयरोग विशेषज्ञ डा। दीर्घसिंह बम मानिसमा सबैभन्दा बढी रोग दूषित पानीकै कारण लाग्ने भएकाले पानीमा ढल आउँदा आममानिसको स्वास्थ्य उच्च जोखिममा परेको बताउँछन् । मानिसले प्रयोग गर्ने अन्य वस्तुभन्दा पानी सबैभन्दा बढी सफा हुनुपर्ने डा। बमको भनाइ छ । दूषित पानी पिउँदा पेटमा संक्रमण भई विभिन्नखाले रोगको सिकार हुनुपर्ने अवस्था आउने उनको भनाइ छ । उनका अनुसार दूषित पानी पिउँदा पखाला, आउ र हैजाजस्ता रोगले सताउने गर्छ । । उपभोक्ताले स्वस्थ्य रहन खानेपानीमा अत्यधिक ध्यान दिनु आवश्यक रहेको बमले बताए ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक महेश भट्टराईले खानेपानी र ढलका पाइप एकआपसामा जोडिएको हुँदा ठाउँठाउँमा खानेपानीमा ढल मिसिएर जाने समस्या भएको स्विकार्छन् । यस्तो समस्या समाधान गर्न कार्यालयबाट आवश्यक टोली परिचालन गरेको उनले दाबी गरे । तर, उनले परिचालन गरिएको भनिएको टोली भने कहीँ पनि देखिँदैन । समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…