• ओम आचार्य
    संस्कार नभएको ले राजनिति नगरे हुन्छ राजनीतिमा शस्कार र नैतिकता दुवै गुण राजनीति गर्ने संग हुनु पर्छ कालान्तरमा प्रधानमंत्री त होलान तर त्यस्तो राजनीति दीर्घ ज़िवी हुदैन उक्त कुरा नेपालि कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अनशनरत डा . गोविन्द केशीको विसय उठाउदै बहुमत सरकारले जे पनि गर्न सक्छ तर आफै डा. गोविन्द केशीसंग सहमती गर्ने र सहमती अनुसार निर्णय नगर्ने तिर संकेत गर्दै शस्कार र नैतिकताको कुरा राख्नु भएको हो ।
    आज विराटनगर मा १२ औं नोना कोइराला स्मृती को कार्यक्रममा डा.शेखर कोइरालाले नेपालि काग्रेस र अन्य पाटीमा पनि भद्गगोल र वेथिती रहेको भन्दै यस्तो प्रकारका प्रतिष्ठानलाइ राजनितिवाट टाढा राखेर काम गर्नु पर्ने तर्फ सबैमा अनुरोध गर्दै आमा नोना कोइराला सबैलाइ छोरा छोरी सम्झदै म र अन्यसाथिहरुमा कुनै भेद नगरेको वताउनु भयो।
    २०६४ मा स्थापित नोना कोइराला स्मृती प्रतिष्ठान यौटा विशुध्द सामाजिक संस्थाको रुपमा स्थापित लोकतन्त्र लाइ सम्वर्धन संरक्षण एवं सुदृढ़ गर्दै समाजको रुपान्तरण मा अघि बडने उध्दैस्य राख्दै महिला जागरण र आम संचार र पत्रकारिता को क्षेत्रमा कार्य गर्ने उध्देस्य राखेको छ ।
    २०६५ मा सुन्सरी मा भएको बाड पिडितबाट विस्थापित परिवारलाइ तत्काल राहत त्यस्तै २०७२ को विनाशकारी भुकम्प मा पिडित परिवारलाइ प्लास्टिक , पाल र राहत समाग्री वितरण का सांथै समय समयमा निःशुल्क स्वास्थ्य शिविर र औषधी वितरण गर्दै आएको छ ।
    महानगरपालिका विराटनगर ५ मा आफ्नै जग्गामा नोना कोइराला मिडिया कलेज संचालन गर्दै रहेको उक्त प्रतिष्ठानको स्नातकोत्तर सम्म शैक्षिक कार्यक्रम चलाउने उध्देस्य राखेको छ ।
    पत्रकारिता क्षेत्रमा काम गरेका योगदान पुर्याएका पत्रकारलाइ पुरस्कृत सम्मानित गर्दै जाने क्रममा आज अन्नपुर्ण दैनिकका प्रधान सम्पादक हरि प्रसाद थापालाइ सम्मानित गर्दै पुरस्कृत गरियो । यो भन्दा पुर्व हर्ष सुव्वा , सुवास ढकाल , विष्णु निष्ठुरी र धर्मेन्द्र झा सम्मानित भइ सक्नु भएको छ ।

    डा. नारायण कुमारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को प्रमुख अतिथि एक नम्वर प्रदेस प्रमुख डा. गोविन्द सुव्वा रहनु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…