• झापाः झापाको माईधारमा एक दिवसिय प्रथम माईधाम जिल्ला स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । आयोजक माईधाम डोजोले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दे फागुन ४ गते केएनके खेल मैदानमा एक दिवसीय प्रतियोगिता हुने जनाएको हो ।
    सो प्रतियोगितामा जिल्लाका ३ सय वढी कराँतेका खेलाडी सहभागि हुने छन । माईनस २२ देखि प्लस ६० उमेर समुहका पुरुष तर्फको सिनियर र जुनियर प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष जगन कार्की दुर्वासाले जानकारी दिए । यस्तै महिलाको पनि माईनस २२ देखि प्लस ५५ उमेर समुहका सिनियर र जुनियर खेलाडी विच प्रतियोगिता हुने वताईएको छ । प्रतियोगिताको विजेताले मेडल र प्रमाण पत्र पाउने आयोजक समितिले जनाएको छ ।
    कराँते टेक्नीकल कमिटी झापाको प्राविधिक सहयोगमा सो प्रतियोगिता हुन लागेको आयोजक समितिका सचिव डिगम पराजुलिले वताए । प्रतियोगिता सम्पन्न गर्न आयोजकले करिव ३ लाख खर्चहुने अनुमान गरेको छ । आयोजकले प्रतियोगिता सम्पन्न गराउन सवै संग हरतरहको सहयोगको अपेक्षा गरेको छ ।
    आयोजकले प्रतियोगिता सम्पन्न गर्न ९ सदस्यीय आयोजक समिति गठन गरेको छ । नेपाल सितोरियो कराँते शिवसताक्षी नगरका अध्यक्ष जगन कार्की दुर्वासाको अध्यक्षतामा सो समिति गठन भएको हो । समितिको उपाध्यक्षमा सुर्यप्रसाद अधिकारी, सचिव डिगम पराजुलि, सहसचिव पुष्प पौडेल र कोषाध्यक्ष निलम कट्वाल चयन भएका छन । यस्तै सदस्यमा मोहन शमसेर योङ्गहाङ्ग योगेस लिङ्गदेन, निरकुमार वस्नेत र रविन न्यौपाने चयन भएका छन । प्रतियोगिताका लागि हर्कवहादुर सिगुको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
    यसैविच झापाको काकडभिट्टामा सम्पन्न प्रदेश १ स्तरिय नेपाल सितोरियो कराँतेमा शिवसताक्षी नगरका २९ जना खेलाडी व्ल्याँक वेल्ड फष्ट डानमा दिक्षीत भएका छन । दिक्षीत खेलाडीलाई शनिवार माइधारमा एक कार्यक्रमको आयोजना गरि सम्मान तथा व्ल्याक वेल्ड प्रदान गरिएको छ ।
    नेपाल सितोरियो कराँते महासंघका शिवसताक्षी नगर अध्यक्ष जगन कार्की दुर्वासाको अध्यक्षता र शिवसताक्षी नगर खेलकुद विकास समितिका संयोजक फुर्वा तामाङ्गको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । राष्ट्रिय खेलकुद परिषद कराँते तर्फका प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी दुर्गाराज निरौला, स्थानिय समाजसेवी शुर्यप्रसाद अधिकारी लगायतले खेलले मानिसलाई अनुशासनमा रहन सिकाउने बताए । कुलतमा फसेका युवा युवतीलाई सुधार केन्द्रमा लैजानु भन्दा खेलमा सहभागी गराउन समेत उनिहरुले अभिभावकलाई आग्रह गरे ।
    कराँतेका खेलाडीलाई अविर लगाएर वधाई तथा शुभकामना प्रदान गरिएको थियो । शिवसतााक्षी नगरमा माईधाम डोजोवाट १८ , दुधे डोजोवाट ९ र झिलझिले डोजोवाट ६ गरि २९ जना व्याल्याक वेल्ड फष्ट डानमा दिक्षीत भएका थिए । सो प्रतियोगिता माघ १० देखि १२ गते सम्म तिन दिन झापाको काकडभिट्टामा भएको थियो । पत्रकार सम्मेलन र वधाई तथा शुभकामना कार्यक्रमको संचालन पुष्प पौडेलले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…