• विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर भएको बताएका छन् ।
    नेपाली कांग्रेस विराटनगर महानगर समितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा प्रश्न गर्ने अधिकार कसैलाई नहुने जिकिर गरे । “संख्यात्मक हिसाबले संसदमा कांग्रेस कमजोर भएको होइन,” उनले भने, “जब आफूले नैतिकता र इमान्दारिता गुमाइसकेको छ भने उसले अरुको नैतिकतामाथि प्रश्न उठाउनै सक्दैन ।” उनले छिमेकी राष्ट्र भारतको उदाहरण दिंदै भने, “त्यहाँ १० प्रतिशत पनि प्रतिपक्षको संख्या नहुँदा पनि दुई तिहाईको सरकारलाई हायलकायल बनाएको छ ।” कोइरालाले कांग्रेसमा अहिले नैतिकता, इमान्दारिता र संस्कारको खडेरी परेको टिप्पणी गरे ।

    उनले वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए । कोइरालाले सरकारले गन्तव्य बिर्सिएकै कारण जनताले दुःख पाउने अवस्था सिर्जना भएको दाबी गरे । उनले मुलुकमा भ्रष्टाचार, महँगीसँगै बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए । “मुलुकमा दुई तिहाईको सरकार छ भन्छन् तर खोई दुई तिहाईको सरकार कहाँ छ भनेर जनताले खोजिरहेका छन्,” कोइरालाले थपे, “दुई तिहाईको दम्भका कारण सरकार अद्योगतितर्फ गइरहेको छ ।”

    कार्यक्रममा प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफ्ना गल्ती र कमजोरीहरू सधैं औंल्याइदिन आग्रह गरे । कार्कीले भने, “मान्छे हौं गल्ती हुन्छ, तर तपाईंहरूले गल्ती औंल्याइदिनु प¥यो ताकि भविष्यमा गल्ती नदोरि¥योस् ।” उनले आफ्नो क्षेत्रमा सडक निर्माण, रंगशाला, सामुदायिक भवन, बाल उद्यान निर्माण गर्ने योजना साथ अघि बढेको उल्लेख गरे । फुसको छानोलाई जस्तापाताको छानोमा परिणत गर्ने उनको दाबी थियो । उनले सुकुम्बासीको व्यवस्थापनका लागि काम भइरहेको जनाए । “हामीले दाताहरू भेटिसकेका छौं,” उनले भने, “एकैपटक सबै समस्या समाधान नहोला तर क्रमशः सुकुम्बासीलाई जग्गाधनी बनाउनेछौं ।”

    महानगरका मेयर भीम पराजुलीले विकासमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिबद्धता जनाए । “क्रमिक रुपमा सबै क्षेत्रको विकास हुन्छ,” उनले भने, “धेरैतिर पिच भइरहेको छ । तीन वर्षभित्र विराटनगरका अधिकांश सडक पिच बनाउने योजनाका साथ अगाडि बढेका छौं ।” कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति दिलीप पोखरेल, महासमिति सदस्य दामोदर कोइराला, विराटनगर कांग्रेसका कार्यबाहक सभापति अरुण न्यौपाने, सचिव प्रकाश दाहाललगायतले कांग्रेसले स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ कांग्रेस अगाडि बढे आउने निर्वाचनमा बहुमत ल्याउन कसैले छेक्न नसक्ने दाबी गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…