• काठमाडौं, २० माघ । प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटना विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत निर्णय गरेर सडक संघर्षमा जाने तयारी गरेको छ ।

    कांग्रेसले माघ ११ गते प्रतिनिधि सभामा बलपूर्वक चिकित्सा शिक्षा विधेयक पारित गरेको लगायतका विभिन्न ६ बुँदे मुद्दा लिएर माघ २१ गते देशव्यापी विरोध प्रदेर्शन गर्ने भएको हो ।

    आइतबार बसेको केन्द्रिय कार्यसमितिबाट निर्णय गरेर कांग्रेस सडक संघर्षमा जान लागेको हो । कांग्रेसले प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै घोर भत्र्सना समेत गरेको छ ।

    त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग विगतमा भएको सहमति बमोजिम विधेयक अघि नबढाएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको थियो ।

    कांग्रेसले सदन घेराउ गरेको बेलामा सभामुख कृष्णबहादुर महराले मार्सल परिचालन गर्दै अवरोधकाबीच नै विधेयक पारित भएको घोषणा गरेका थिए । त्यसपछि सदनभित्र सत्ता र प्रतिपक्षीबीच द्धन्द्ध चर्किएको थियो । त्यसका विरुद्ध कांग्रेस सडक संघर्षमा पनि जान लागेको हो ।

    मार्सल प्रयोगको विरुद्धमा माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय कांग्रेसले गरेको हो । विरोध प्रदर्शनमा ६ मुद्दामा केन्द्रित रहन सम्बन्धित जिल्ला नेतृत्वलाई कांग्रेसले निर्देशन दिएको छ ।

    कांग्रेसले माघ ११ गते संसदमा भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन सरकारी व्यवहारलाई पहिलो बुँदा भनेको छ ।

    त्यस्तोे पार्टीका पूर्वसभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास लाई दोस्रो बुदा भनेको छ ।

    हालै स्वास्थ्य मन्त्रालयले देशका विभिन्न भागमा रहेका ११ अस्पताल र स्वास्थ्य केन्द्रलाई संघीय सरकारको मातहतमा राख्न गरेको प्रस्तावमाथि मन्त्रिपरिषदले गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेका अस्पतालबाहेक अन्य ९ वटाको निर्णय गर्दै यी दुई अस्पताललाई विघटनको प्रक्रियामा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो ।

    उक्त निर्णय नसच्याएसम्म कांग्रेसले सदन चल्न नसक्ने भन्दै माघ ८ गतेदेखि सदनको कारबाही अवरोध गरेको थियो ।

    तर, सत्तापक्षको चाहना र योजना मुताविक सभामुख महराले गत शुक्रबार मार्सल लगाएर विपक्षीको विरोधको वेवास्ता गर्दै शिक्षा मन्त्रीलाई चिकित्सा शिक्षा विधेयक सदनमा पेश गर्न लगाउँदै होहल्लाकाबीच नै विधेयक पारित भएको घोषणा गरे ।

    संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थितिवीना विभिन्न पाँच वटा संवैधानिक आयोगका अध्यक्षको नियुक्तिको सिफारिस गरिनु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना भएको आरोप लगाएको छ ।

    माघ ६ गते संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता अनुपस्थित हुँदा पनि परिषद्को बैठक बसेर नियुक्तिको सिफारिस गरिएपछि कांग्रेसले यसप्रति पनि गम्भिर आपत्ति जनाउँदै आएको छ ।

    देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार, चोरी, डकैती जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको आरोप लगाएको छ ।

    निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगीसक्दा पनि दोषी पत्ता लगाउन त परै जाओस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र गरेको आरोप पनि कांग्रेस लगाउँदै उक्त विषय पनि विरोधको मुद्दामा समेटेको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…