• बेलबारी । कम्युनिष्ट सरकारप्रतिको निराशापनले यतिवेला गाउँ गाउँमा कांग्रेस प्रवेशको लहर चलेको छ । मोरङको बेलबारी नगरपालिका वडा नं ३ धिमाल टोलका २ सय बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन । सनिबार आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा धिमाल टोलबाट पुर्व एमाले र माओवादीबाट उक्त संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।



     



    उक्त टोलका टिका धिमाल, मनमाया भटराई, योग्य न्यौपाने, सन्तबिर तामाङ लगायत २ सय बढिको संख्यामा काँग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेस नगर सचिव उपेन्द्र सुवेदीको पहलमा झन्डै ६० घरका नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।



    नेकपा बाट मेयर जितेका ज्ञानेन्द्र सुवेदीकै घर पछाडी रहेको धिमाल टोलबाट ठुलो संख्यामा काँग्रेसमा प्रवेश गर्दा नेकपामा भने तरङग उत्पन्न भएको छ ।



     



    संघिय संसदका उमेद्वार डा. सुनिल सर्मा, महेन्द्र सुवेदी, नगेन्द्र कटेल, ३ नं क्षेत्रिय सभापती गणेश खड्का, जिल्ला संगठन बिभाग प्रमुख मान बहादुर लिम्बु, नगर सभापति सम्भु भटराई लगायतले नव प्रवेसीहरुलाई टिका, खादा, माला लगाइदिएर पाटीमा प्रवेश गराएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…