• क्यानाडाको अल्बर्टा राज्यमा नेपाली गायन तथा नाट्य क्षेत्रबाट चर्चित बन्दै गएका गायक तथा कलाकार निश्चल नेपाल यतिखेर विदेशी भूमिमा नेपाली कला र संगित फैलाउन व्यस्त देखिन्छन् । कलाकार तथा गायक नेपालले क्यानडाको एडमन्टनबाट हालसालै मात्र पावर इन्जिनियरिङ सकाएका छन् ।  विदेशी भूमिमा गायन तथा कलाकारितालाई व्यवसायिक रुपमा नबढाए पनि फुर्सदकै समयमा भए पनि नेपाली कला र संगितको क्षेत्रमा तल्लिन भएर निरन्तर लागिरहेका छन् । कलाकार तथा गायक नेपाल बिगत ६ वर्ष देखि क्यानाडामा स्थायी रुपमा बसोबास गर्दै आइरहेका छन् । आफ्नो ईन्जिनियरिङको अध्ययन सकिएकोले अब छिटै आफ्नो म्युजिक एल्बम निकाल्ने तयारी गरेका कलाकार नेपाल स्वर सम्राट नारायण गोपाललाई आफ्नो आइडल मान्छन् ।

    उनी सेन्टीमेन्टल आधुनिक र पप गीत गाउन मन पराउछन् । उनको रुची गायनमा मात्र नभएर अभिनयमा पनि त्यतिकै रहेको छ । गुरुकुल एडमन्टनको आयोजना र निश्चल नेपाल स्वयम्को लेखन तथा निर्देशनमा मञ्चन भएको नेपाली नाटक “जित हो जीन्दगी” पहिलो नेपाली नटक थियो । बैदेशिक रोजगारीको कथामा आधारित सो नाटकमा जीवनमा जस्तो सुकै परिस्थिति र उतारचढाव आए पनि हरेश खानु हुन्न र जिन्दगिलाई भागेर होइन सामना गरेर अघि बढ्नु नै जीवनको सार हो भन्ने सन्देश दिन खोजिएको थियो ।

    १० जना कलाकारको सहभागिता रहेको उक्त नाटकमा निश्चल नेपाल र यशस्वी लम्सालको मुख्य मूमिका रहेको थियो । एक दर्जन नाटकहरुमा मुख्य भूमिका मा देखा परिसकेका कलाकार निश्चल भविष्यिमा अन्य नाटकहरुमा खलनायकको भूमिकामा पनि देखा पर्ने बताउछन् । उनले लेखन र अभिनय मात्र नभएर नाटक निर्देशन पनि गरिसकेका छन् जसमा उनी आफैले मुख्य भूमिका निभाएका थिए । आउने दिनहरुमा नेपाली कला र संस्कृति झल्काउने स्तरिय नाटक बनाउने तयारीमा छन । उनी अगाडि भन्छन बिदेशी भूमिमा चुनौतीहरु धेरै छन तर हरेक चुनौतीहरुलाई आत्मसात गर्दै, अनुभव बटुल्दै अगाडि बढिरहेको छु र आउने दिनहरुमा क्यानाडाको अल्बर्टा राज्यमै म्यूजिक भिडियो बनाउने र साथै भिडियोमा पनि देखिने तयारीमा छु ।

    उनी भन्छन परिवारको साथ र समझदारीले नै मैले बिभिन्न बिधाहरुमा सफलता हासिल गरिरहेको छु । उनी थप्छन नेपाली कला, संगित र संस्कृतिको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले गायन र कलाकारिताको विधालाई आफुले सकेको योगदान दिनेछु । यति मात्र न भएर राम्रो तथा आकर्षक शरिरले आफ्नो कलाकारिताको यात्रामा थप उर्जा पुर्याउने हेतुले क्यानाडाकै सबै भन्दा ठूलो फिटनेस सेन्टर गुड लाइफ फिटनेशमा धाइरहेका छन् निश्चल । अल्बर्टा क्यानाडाका नेपाली समुदाय बीच लोकप्रिय बन्दै गएका गायक तथा कलाकार नेपाल नेपलिज क्यानेडियन एसोशिएशन अफ एडमन्टन र गुरुकुल एडमन्टनले आयोजना गर्ने हरेक जसो सांस्कृतिक कार्यक्रममा गीत तथा नाटक प्रस्तुत गर्दै आइरहेका छन् । यसै बीच उनले क्यलगरीमा पनि गीत गाइसकेका छन् ।

    भविष्यमा क्यानाडामै नेपाली चलचित्र बनाउने ईच्छा रखेका निश्चलले चलचित्रमा मुख्य भूमिकामा खेल्ने उद्देश्यले निरन्तर फिटनेस धाएको कुरा खुलाइ सकेका छन् । अल्बर्टा राज्यको एडमन्टनमा रहेका नेपाली समुदाय बीच सेलिब्रेटीका रुपमा परिचित भइसकेका निश्चल नेपाल आफ्नो सांगितिक प्रस्तुतीलाई क्यानाडा भरी नै फैलाउने योजनामा छन् । गायन र कलाकरितामा विशेष रुची भएका कलाकार नेपालले प्रोफेशन चै पावर ईञ्जिनियरिङलाई रोजेका छन् । बिदेशी भूमिमा रहेर नेपाली कला र संगितको क्षेत्रमा दिएको योगदानले यहाँ हुर्केका नेपाली बच्चहरुलाई पनि नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नमा थोरै भए पनि मदत पुग्ने कुरामा विश्वस्त छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…