• कुमार खड्का माघ २०,पथरी  ग्रिल व्यावसायलाई ग्रिल ग्रामको रुपमा विकाश गर्दै लैजानु पर्ने आजको आवश्यता रहेको महासघं केन्दि«य अध्यक्षले वताएका छन् । मोरङको सुनवर्षी नगरपालिका वडा नम्वर ९ आर्दश माध्यमिक विध्यालय डाईनियामा भएको ग्रिल तथा स्टिल व्यावसायि नगर ईकाई समितिको पहिलो वार्षीक साधारण सभालाई सम्वोधन गर्दै महासघ केन्दि«य अध्यक्ष मोहन कटुवालले देश संघियतामा गए सगै राजनैतिक मुद्दाको लगभग अन्त्य भईसकेको अवस्थामा अव देशले आर्थिक समृद्घिको मुद्दालाई लिएर समृद्घ नेपाल सुखी नेपालीको सपना पुरा गर्न विकाश निर्माणको एउटा अभिन्न अङ्गका रुपमा रहेको ग्रिल तथा स्टिल व्यावसायलाई राष्ट्रिय निति वनाएर ग्रिल ग्रामको रुपमा विकाश गर्दै व्यावसायलाई लैजानुपर्ने अवस्था आएको वताए ।

    ग्रिल व्यावसाय सञ्चालनको लागि विगतमा पर्याप्त विधुतको व्यावस्था नभएको अवस्थामा हाल त्यो अवस्थामा केहि सुधार आएको भएता पनि पर्याप्त मात्रामा विधुत आपुर्ति नुहुन र व्यावसाय सञ्चालनको लागि उचित वातावरणको सृजना नहुनु अहिलेको पनि समस्याका रुपमा रहेको उल्लेख गर्दै स्थानिय सरकार,प्रदेश सरकार र केन्दि«य सरकार सग समन्वय गरि भविष्यमा ग्रिल ग्रामको व्यावस्थापन गर्ने योजनामा केन्दि«य महासघ रहेको कटुवालले बताए । शनिवार भएको ग्रिल तथा स्टिल ब्यावसायीको पहिलो प्रथम साधारण सभाले महेन्द्र गुरगाईको अध्यक्षतामा ११ सदस्यी समिती गठन गरेको छ । त्यस्तै समितीको उपाध्यक्ष भगवान प्रसाद शाह, सचिव राधेश्याम राजबंशी, सह–सचिव कृष्ण शर्मा, कोषाध्यक्ष बासुदेव राजबंशी, सदस्यहरु अनिल पराजुली, श्रवण कुमार राजबंशी, कृपान्नद यादव, छत्र लिम्बू, कादीर हुसेन (मौसम) र फेकराज मंण्डल चयन भएका छन । सुनबर्षी नगरपालिकाको आदर्श मावि मा भएको ईकाई सभाले पूर्वी दक्षिणी मोरङमा रहेका ग्रिल तथा स्टिल ब्यावसायीले भोग्नु परेकाले यो समस्यामा स्थानिय सरकारले ध्यान दिनु पर्ने कुरामा ग्रिल ब्यावसाईहरुले जोड दिएका छन ईकाई सभामा दक्षिणी भेगका ३ पालिकाका व्यावसायीहरु संगठित भएका छन् ग्रिल तथा स्टिल ब्यावसायलाई संगठित तथा एक रुपता गर्ने उद्घेश्यका साथ समिती गठन गर्दै अगाडी बढेको शिवनारायण राजबंशीले बताउनु भयो । नव गठित समितीलाई प्रदेश सभासद शिव नारायण सिह, नेपाल ग्रिल तथा स्टिल ब्यावसायी महासंघ केन्द्रीय समितीका अध्यक्ष मोहन कटुवाल, सदस्य दिनेश पौडे्ल, सुनबर्षी नगर प्रमुख काली प्रसादा दास, उप प्रमुख मन्जु राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रमका विशीष्ट अतिथी तथा नेपाल ग्रिल तथा स्टिल ब्यासायी महासंघ केन्द्रीय अध्यक्ष मोहन कटुवालले नव गठित समितिलाई शुभकामना दिदै ग्रिल व्यावसायीहरु अब सरकारले निर्धारण गरेको मुल्यका आधारमा एक रुपताका साथ अघि बढ्नु पर्नेमा र कामदारहरुलाई चाहिने तालिम र बिमाका बिषयमा महासंघ अघि बढ्दै चाडै समधान अशवसन दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…