• काठमाडौं, २० माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खटपट भएको छ ।

    सरकारको प्रस्तुति खासै राम्रो नभएपछि जनस्तरबाटै आलोचना भएको भन्दै प्रचण्ड प्रधानमन्त्री ओलीसँग रुष्ट भएकाहुन् ।

    सरकार सञ्चालनमा समेत पार्टीमा कुनै सरसल्लाह नभएकोमा प्रचण्ड ओलीसँग रुष्ट भएकाछन् । त्यसैले उनीहरु विचको द्धन्द्ध बढेको हो ।

    बालुवाटारमा प्रचण्ड रन्किएपछि सत्तारुढ दल भित्र भएको रुष्टता छताछुल्ल भएको हो । उनीहरु विच आज भेटवार्ता भएको छ ।

    अब पनि यसरी नै अघि बढ्ने हो भने सह्य नहुने ओलीलाई प्रचण्डले घुमाउरो भाषामा चेतावनी दिएको पार्टी भित्र चर्चा छ ।

    सरकार सञ्चालन गर्ने हरेक विषयमा पार्टीभित्र सल्लाह हुनुपर्ने प्रचण्डको भनाई थियो ।

    प्रचण्ड कडा रुपमा प्रस्तुति भएपछि ओलीले भोलि सचिवालय बैठक डाकेका छन् ।

    पार्टीको सांगठानिक एकता टुँगो लगाउन गठित कार्यदलले काम गर्न नसकेको भन्दै प्रचण्डले अब कार्यदललाई हस्तक्षेप गरेर भएपनि अघि बढ्न ओलीलाई आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…