• बाहुनडाँगी । जनकपुर महाधिवेशन जेसीज अभियानमा बिर्सन नसक्ने महाधिवेशन बनेको छ । आथित्यता शाखा जनकपुर जेसीजको उत्कृष्ट व्यवस्थापनले जनकपुरका लागि मात्र होइन नेपाल जेसीजमा समेत यसले सधैँ स्मरण गराउने छ । जनमानसमा जस्तो सोचाइ थियो जनकपुर महाधिवेशनका लागि तर, त्यसको ठिक विपरीत बन्यो । अनि यहाँका आम जनताले प्रमाणित गरेर देखाइदिए जनकपुरबासीको एकता, आत्माविश्वास र कार्यशैली । भन्नेले सुरुमा जे भने पनि यहाँबाट फर्कदैँ गर्दा एउटै मात्र वाक्य सुनिन्थ्यो । ‘महाधिवेशन होस त यस्तो । अब यसपछिका महाधिवेशन यस्तो हुन्छ या हुँदैन । तर जनकपुर उत्कृष्ट बन्यो ।’ जनकपुर शाखाले जनकपुरबासीको मात्र होइन सारा जेसीज मनहरुको मन जितेको छ ।
    यहि उत्कृष्ट महाधिवेशन गर्ने शाखाको वर्ष २०१९ का लागि नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् तुलसी पञ्जियारले । वर्ष २०१८ मा महासचिवमा रहेर खेलेको भूमिका अनि महाधिवेशनका लागि महाधिवेशन महासचिवमा रहेर गरेको कार्यशैली उनका लागि अध्यक्ष बन्ने ठूलो आधार बन्यो । महाधिवेशन सफल पार्नका लागि पञ्जियारले खेलेको भूमिका धेरैका लागि प्रशंसनिय बनेका छ । सबैसँग हाँसेर मात्र बोल्ने स्वभाव भएका पञ्जियार युवा व्यवसायी हुन् ।
    पञ्जियारलाई वर्ष २०१८ का अध्यक्ष जितेन्द्र महासेठले आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै नेतृत्व हस्तान्तरण गरे । ‘अब शाखा सम्हाल्ने जिम्मेवारी तपाइको काँधमा आयो’ वर्ष २०१८ का अध्यक्ष महासेठले पदहस्तान्तरणमा भने–‘अब शाखालाई उत्कृष्ट बनाउँदै यहाँका हरेक युवाहरुलाई समेट्दै जानुहोस् हाम्रो साथ र सहयोग सधिैँ रहनेछ ।’ उनले यसो भनिरहँदा मञ्चमा आसिन पूर्व अध्यक्षहरुले पनि समर्थन गरे ।
    सपथ ग्रह्णपछि नवनिर्वाचित अध्यक्ष पञ्जियारले पूर्व अध्यक्षहरुको हरेक सल्लाहको आत्मासाथ गर्दै शाखालाई अघि बढाउने प्रतिक्रिया दिए ।
    शाखाको कार्यकारीणी उपाध्यक्षमा गौतम कुमार शाह, राजकुमार शाह, विक्रमकुमार शाह, उपाध्यक्षहरुमा कन्हया हिसरीया, सुमित शाह, प्रविन कर्ण, चन्दन भगत नागवंशी र उदय कुमार शाह रहेका छन् । यसैगरी नव निर्वा्चित अध्यक्ष पञ्जियारले महासचिवमा अशोक शाह, कानुनी सल्लाहकारमा अभिषेक चौधरी र कोषाध्यक्षमा मनोजकुमार शाहलाई मनोनित गरेका छन् ।
    शाखाका अध्यक्ष जितेन्द्र महासेठको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले गरेका थिए । पदहस्तान्रतण कार्यक्रमको अझ रोचक पक्ष त के थियो भने । वर्ष २०१८ का अध्यक्षलाई १८ केजीको फुलको माला र वर्ष २०१९ का अधयक्ष लाई १९ केजीको माला लगाइएको थियो । सोही अवसरमा महाधिवेशनमा सहयोग गर्ने दर्जनौँ संघ संस्थालाई सम्मान गरिएो थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्ष, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।














सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…