• लेटाङ २० माघ । सिंगक समाज नेपालको प्रदेश नं. १ स्तरिय भेला तथा वनभोज कार्यक्रम मोरङको वेलवारीमा रहेको बेतना सिमसारमा सम्पन्न भएको छ । लिम्बुु जातीहरुमा सिंगकहरु संगठित हुनेक्रममा रहेको र दाजुभाई तथा दिदीबहिनीहरुको मिलन गराउने उदेश्यले भेला तथा वनभोजको आयोजना गरिएको सिंगक समाजका अगुवा नविन सिंगकले जानकारी दिनुभयो ।
    सिंगकहरुका अगुवा तथा समाजसेवी कपिलदेब सिंगकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्नातकोत्तर उर्तिणहरुलाई सम्मान तथा मायााको चिनो वितरण गरिएको थियो भने सिंगक थरका जनप्रतिनिधीहरुलाई समेत सम्मान गरिएको थियो । सिंगक समाजका बयोबृद्धाहरु , कालाकार तथा अन्य समाजका अगुवा तथा राजनीतिमा सक्रियहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उदयमान बाल कलाकार मांगेनाको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन पूर्ण सिंगकले गर्नुभएको थियो । भेलामा प्रदेश १ भरीका ४०० वढि सिगक परिवारको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…