• यतिवेला भद्रगोल टेलिश्रृखलाका प्रत्येक भाग नेपाली यूट्युव ट्रेन्डिङको १ नं. मा पुग्ने गरेका छन् । उक्त टेलिश्रृखलामा भएका कलाकार मध्येका एक पात्र हुन वलराम कटुवाल र उनको परिचय नै बले । उनको पात्र चरित्र र उनको नाम पनि औधि मिलेको छ । तर बलेको वास्तविक नाम भने ‘सागर लम्साल’ हो । उनका बुबाको नाम राजेन्द्र लम्साल र आमा शशी लम्साल । उनी स्याङजाको चिण्डेवास – ६, ज्याक्ती खोला गैरी भन्ने ठाउँमा जन्मिएका हुन् । उनको जन्म ठाउँ हाल विरुवा गाउँपालिका वडा नं. ६ मा पर्छ ।

    उनी ३ वर्षको हुँदा उनको परिवार नै बसाई सरेर काठमाण्डौ आयो । बुवा राजेन्द्र व्यापार गर्नुहुन्थ्यो आमा गृहणी हुनुहुन्थ्यो । उनको प्रारम्भिक शिक्षा भ्यालिभ्यू इङिलस वोडिङ स्कुलवाट भएको हो । उनले उक्त स्कुलमा कक्षा ८ सम्म पढे । भि.एस. निकेतनबाट उनले एस.एल.सी. पास गरे । +२ पढ्न उनी गोल्डेन गेट इन्टरनेशनल कलेज पुगे । उनी +२ मा उक्त कलेजको प्रथम ब्याज पनि हुन् ।

    +२ सकेर उनले यूरोपको लागि एप्लाई गरे । “+२ पछि चै मैले यूरोप एप्लाई गरेको थिए तर भिजा रिजेक्ट आयो” उनी भन्छन् । “त्यसपछि म सी.ए. पढ्न देल्ही गएँ ।” खासमा उनी जर्नालिजम पढ्नको लागि युरोप जान चाहन्थे तर भिसा रिजेक्ट आएपछि उनी सी.ए. तिर तानिएका हुन् । उनले देल्हीमा १ वर्ष विताए । सी.ए. पढ्दा पढ्दै उनलाई जेण्डिज भयो । उनी पढाई अधुरै छोडेर उपचारको लागि नेपाल आए । त्यसपछि उनलाई फर्केर भारतको देल्ही जान मन परेन । उनको सी.ए. को पढाई अधुरै रहयो ।

    नेपाल फर्केपछि शङकरदेव क्याम्पसमा स्नातमा भर्ना भए । उनी स्कूलदेखि नै औसत विद्यार्थी हुन् । उनी भन्छन् म अतिरिक्त क्रियाकलापमा कही पनि सामेल भइनँ । उनी शंकरदेव क्याम्पसमा स्नातकको पढाइसँगै लाजिम्पाटको एउटा स्टोरमा सेल्समेनको रुपमा समेत काम गर्न थाले । शंकरदेवको बी.बी.एस. पढाईसँगै स्टोरमा काम गर्दै आएका सागरको आँखा एकदिन पुतलिसडकमा रहेको ‘होल मोडलिङ इन्स्टिच्यूट’ मा प¥यो । त्यसपछि उनलाई मोडलिङ सिक्ने हुुटहुटी जाग्यो । उनी मोड्लिङ सिक्न थाले । क्याम्पस पढ्ने, त्यसपछि मोडलिङ सिक्ने र काममा जाने गर्न थाले । सागर खासै क्याम्पस जाँदैन थिए । उनलाई मोडलिङले निक्कै तानेको थियो । विस्तारै वि.वि.एस को परीक्षा नजिकियो । उनले सेल्सम्यानको काम छोडिदए । तर मोडलिङ छोडेनन् । एक दिन विरेन्द्र हमालले संचालन गरेको एम. आर्ट थिएटरवाट केही कलाकारहरु उनले मोडलिङ सिकिरहेको ठाउँमा पुगे ।

    सागरलाई मोडलिङ भन्दा पनि एक्टिङमा वढी लगाव थियो । सागरले तिनीहरुसँग कुरा गर्दा उनीहरुले भने हामी विरेन्द्र हमालसँग एक्टिङ सिकिरहेका छौँ । खासमा त्यो बेलासम्म सागरलाई एक्टिङ पनि सिकाइन्छ भन्नेसम्म थाहा थिएन । त्यसदिनदेखि उनको जीवनले अर्काे एउटा चाबी खोल्यो । उनी एक्टिङको कक्षा पनि जान थाले । मोडिलङको कक्षा पनि सकियो । उता अभिनयको पनि छ महिनाको कक्षा पुरा भयो तर सागर लम्साल भने दुइ वर्षसम्म धाइरहे । उनी भन्छन् “छ महिनाको कक्षा सकिए पनि २ वर्ष जवरजस्ती धाइरहेँ” यो समय भने २०६६ सालतिरको हो ।

    त्यतिवेला सागरका बुबा यूरोप हुनुहुन्थ्यो । दाई अमेरिका । सँगै व्याचलर पढ्दै गरेकी बहिनीले पनि अष्ट्रेलिया एप्लाई गरिन् । उनी पनि क्यानडाको लागि तयारी गर्न लागे । अभिनयमा अत्यन्तै ठूलो शोख भएका सागर लम्साल्ले सोही समयमा साथीको माध्यमबाट भारतमा डाइरेक्सनको कोर्ष समाप्त गरेर नेपाल आएका आदित्य विक्रम लम्सालसँग भेट भयो । जो चाही लोफर चलचित्रका निर्देशक पनि हुन् । सुरुमा आदित्यले क्यारेक्ट छैन भनेका थिए, पछि स्कृप्ट परिवर्तन भयो र ‘बले’ पात्र निर्माण गरियो उनले सोही बलेको भुमिका निर्वाह गर्न पाए । उक्त चलचित्रमा आर. एन. सिग्देल दयाहाङ दाई, कमलमणि नेपालहरु थिए । त्यसको लगत्तै लज्जा चलचित्रमा समेत काम गर्ने अवसर आयो । दुइवटै चलचित्र छवि ओझाले बनाएका थिए ।

    त्यो विचमा उनले क्यानडाको लागि एप्लाई गरेका थिए । लज्जा सकेर लगभग २÷३ महिना उनी खाली बसेका थिए । “लोफर चलचित्र त्यो वेला भद्रगोल टिमका जिग्री पाँडे र कोक्रोजले हेर्नु भएछ” उनी भन्छन् त्यो बेला भद्रगोल १२÷१३ भाग पुगेको थियो । एक दिन सागरलाई जिग्रीको फोन आयो हुन त कमलमणि नेपाल भद्रगोल टिममै काम गर्थे । त्यसमा उनले पनि पुलको काम गरे । उनले एकदिन सागरलाई सोधेका थिए “फिल्म खेल्छस त” भनेर । सागरले कमललाई भनेका थिए “ठूलो पर्दामा आइसकेको सानो पर्दा जानु ?” यही सिलसिलामा एकदिन कुमार कट्टेल जिग्रीले फोन गरेर भेटौँ भन्ने प्रस्ताव राखे । सागरलाई लागिरहेको थियो ठूलो पर्दामा काम गरिसकेको सानो पर्दामा काम गरेर तल त के झर्नू र । तर कुमार कट्टेलले भेटेर उनलाई एक भाग काम गर्नू त्यसपछि मन नपरे नगर्नू भनेर भने, पछि भद्रगोलको एक भागमा काम गर्ने सहमति भयो ।

    सागरले बले पात्रको रुपमा भद्रगोलको १८ औ श्रृङखलामा प्रवेश गरे । उनले भद्रगोलको १८ र १९ भाग खेले र बाँकी चार भाग खेलेनन् तर उनलाई ठूलो पर्दामा भन्दा धेरै राम्रो रेस्पन्स आयो । चार भागपछि उनी फेरि चौविसौँ भागमा साँङ्लो बोरो तपाईको कपाल चै हो के भने वाक्यसँगै प्रवेश गरे । उनी त्यो समय सम्झन्छन र उत्साहित हुन्छन् । भन्छन् त्यो एपिसोडले एस्तो माथि उठाइ दियो कि कक्रोजलाई साँङ्लो बोरो भनेर बोलाउन थाले, मलाई बाटोमा भेट्दा पनि “बले बले भन्न थाले ।”
    सागरले २४ र २५ भाग काम गर्दा उनी सर्वत्र परिचित भइसकेका थिए । ठीक त्यसैबेला उनको क्यानडाको भिसा पनि आयो । उनलाई ठूलो दुविधा भयो । यही काम गर्ने कि क्यानडा जाने ? घर परिवारका सबैले क्यानडा नै उपयुक्त भनेर सल्लाह दिए । उनलाई क्यानडा जानेकी नेपालमै बस्ने भन्ने दुविधाले सतायो । उनले परिवारलाई बुझाउन सकेनन्, भन्छन् “बहुत दोधार भयो अब जिन्दगी अब कता तिर लाने ? एउटा त क्यानडा राम्रो छ, विवाहपछि पनि सहज हुन्छ । अर्काे त स्ट्रगल पिरियड पनि धेरै भइसकेको छ कला क्षेत्रमा” फेरि भन्छन् “मैले अन्तिम निर्णय के लिएँ त भन्दा मैले यत्रो वर्ष संघर्ष गरेको छु अब यही वस्छु तर अझै पनि फ्यामलीलाई कन्भिन्स गराउन सकिएन अनि क्यानडाको भिसा च्यातिदिएँ ।”

    कलाकारहरु खुरुखुरु विदेश पलायन भइरहेको बेला उनले क्यानडाको अवसर त्याग्नु चानचुने कुरा होइन । यो कलाप्रतिको उनको सम्मानले नतमस्तक बनाउँछ । उनी दिनदिनै चर्चित बन्दै पनि आएका छन् । सागर लम्सालले अहिले त प्रायः सबै देशहरु डुलि सकेका छन । उनी भन्छन् प्रत्येक जिल्लाको सबै भाग नघुमे पनि प्रत्येक जिल्लाको कुनै न कुनै ठाउँ पुगेको छु ।
    उनको नागरिकताको नाम सागर भए पनि उनी ‘बले’ नामले परिचित छन् । उनी भन्छन घरमा आमाले पनि वले नै भनेर वोलाउनु हुन्छ । उनलाई आफ्नो वास्तविक नाम सुन्न पनि कहिले त हप्तौ लाग्छ । उनलाई आफ्नो नागरिकताको नाम पनि बढो मनपर्छ तर बले नामले संसारले चिन्ने भएकाले उनलाई बले पात्रको असाध्यै माया लाग्छ । किन विवाह नगर्नु भएको भनेर प्रश्न गर्दा उनले सजिलै भनिदए “सानै छु ।”

    काठमाण्डौको माछापोखरीवाट ७ कि मि को दुरीमा रहेको मुड्खु भञ्ज्याङ भद्रगोलको लोकेशन हो । उनी भन्छन् क्यामराको अगाडी उभिएपछि म सागर रहँदिन । पहिला स्कृष्टको हेरेको हुन्छु । त्यही पात्र बन्नु मेरो सबै भन्दा ठूलो दायित्व सम्झन्छु । क्यामराको अघि आफ्नो भूमिका भन्दा अरु सबथोक भुल्दिन्छु । उनलाई पात्रहरूमा बले भन्दा अरु पनि मनपर्छ तर बले पात्र चै आफ्नै घरको एउटा सदस्य जस्तो लाग्छ । हुन त उनले थुप्रै म्यूजिक भिडियोहरुमा समेत काम गरिसकेका छन । ती म्यूजिक भिडियोहरुमा बले पात्र नभएर अरु नै पात्र छन् । तर बले पात्र एउटा व्राण्ड हो । उनको अनुहारको पर्याय पनि हो बले पात्र ।

    सागर लम्सालले हुन त कलाकारिताको मोहले क्यानडा जस्तो सम्पन्न राष्ट्रको आकर्षण समेत त्यागे । उनले यो कसैलाई देखाउन गरेका त होइनन् तर यसले उनलाई देश प्रेमको उपमा पनि दिइन्छ । उनी देशभन्दा टाढा रहन सक्दैन भन्ने विषय भारतको १३ महिने बसाई पछि फेरि भारत फर्किन मन नलाग्नुले पनि देखाउँछ ।
    भद्रगोल टिम बहुत सिर्जनशील सावित भएको छ । उक्त टिमका सदस्यहरुले एउटा रेष्टुरेन्ट चलाएका छन । रेष्टुरेन्टको नाम छ ‘इच्वान रेष्टुरेन्ट ।’ भद्रगोल टिमका सदस्यहरुले कृषि फर्म समेत चलाइरहेका छन । संसारका सफल मान्छेहरु नयाँ काम गरेर भन्दा पनि कामलाई नयाँ तरिकाले गरेर सफल भएका छन ।

    भद्रगोल टेलि श्रृङखलाले अहिले हासिल गर्दै गरेको सफलता पनि नयाँ चिन्तनकै कारण हो । उनीहरूले काम त अरुले गरेकै गर्दै छन तर तरिका नयाँ छ । काम गर्ने प्रसस्तै अवसर भएपछि मानिस बेरोजगार बन्नु पर्दैन । बरु त्यसलाई कसरी सहज तरिकाले गर्ने भन्ने बारे सोच्नु जरुरी छ । काम गर्नेलाई ‘खुव खाउ खुव गर’ भन्ने सिद्धान्तले उत्साहित बनाउँछ ।
    अब कलाकारितामा सागर लम्साल एउटा स्थापित व्यक्ति हुन् । उनले देशमा एउटा राम्रो उदाहरण पेश गर्न सक्छन । कलाकारिता पलायन हुनुहुँदैन । नयाँ पुस्ताका लागि उदाहारण पनि बनोस् । अहिले त बलेका फ्यानहरु लाखौँ छन् । उनको जीवन्त कलाकारिताका प्रशंसकहरु सर्वत्र भेटिन्छन् । उनले निर्वाह गरेको भूमिकामा उनले दर्शकलाई निराश बनाउदैनन् भन्नेमा उनका दर्शकहरु विश्वस्त भइसकेका छन् ।

     

     

    कृष्णउदाशी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…